अष्ट्रेलियाको सिड्नीमा फेरी एक नेपाली विद्यार्थी डुबेर बेपत्ता, खोजी कार्य जारि


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी डुबेर बेपत्ता भएका छन् । साथीहरुसंग रोयल नेशनल पार्क गएका उनी डुबेर बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

संचारमाध्यमहरु डुबेका व्यक्ति २२ वर्षीय नेपाली विद्यार्थी रहेको बताएतापनि प्रहरीले भने अझै परिचय खुलाएको छैन । घटना सोमबार दिउँसो करिब २ बजेको समयमा घटेको हो ।

पानीमा एक २० वर्षीय युवक पनि डुबेका थिए । तर ती युवक ढुंगाको साहारा लिएर फर्किन सफल भए भने २२ वर्षीय युवक बेपत्ता भए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com