भर्जिनिया दुर्घटनामा ज्यान गुमाएका दुई नेपाली युवाको दाहसंस्कार र श्रद्धाञ्जली


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

फरबरी १६ मा अमेरिकाको भर्जिनियाको फेयर फ्याक्स काउन्टी अन्तर्गत डुलास अन्तर्राष्ट्रिय बिमानस्थलको पूर्वपट्टी राजमार्ग २८ मा भएको दुर्घटनामा ज्यान गुमाएका दुई नेपाली युवाको आज दाहसंस्कार गरिएको छ । दुर्घटनामा २९ बर्षका सुबीद सिंह र २८ बर्षका अन्जिल थापाको घटनास्थल मै मृत्यु भएको थियो ।

भर्जिनियाको डेलसिटीमा आजदिउसो उनीहरुको दाहसंस्कार गरिएको छ । दाहसंस्कारपछि भर्जिनियाको दुर्गा मन्दिरमा मैनबत्ति प्रज्ववलन र श्रद्धाञ्जली समेत आयोजना गरिएको छ । दिउसो ४ बजेदेखि सुरुभएको श्रद्धाञ्जली र मैनबत्ति प्रज्जवल साँझसम्म चलेको थियो ।

गत शनिबार ज्यान गुमाउने सुबीदले गत जनवरीमा मात्र आफ्नो २९ औं जन्मदिन मनाएका थिए । डान्सरबाबुका रुपमा चिनिने अन्जिल नाचगानमा रुची राख्थे ।

दुबै जना नर्दन भर्जिनिया कम्युनिटी कलेजमा अध्ययनरत थिए । सुबीद सिल्भर डाइनरमा मेनेजरका रुपमा काम गर्थे भने अञ्जिल आईनोभा अस्पतालमा कार्यरत थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फरबरी १६ मा बिहान साढे ४ बजे उक्त दुर्घटना भएको थियो । उनीहरु सवार होन्डा सीआरभी गाडी बिजुलीको पोलमा ठोकिएको थियो । घटना स्थलमै गाडी जलेको कारण सुरुमा मृतकको सनाखत हुनमा समस्या भएको थियो ।

उनीहरुको दाहसंस्करका लागि गोफण्डमीमा रकम संकलन अभियान चलाइएकोमा ३० हजार डलर संकलन भएको छ । दाहसंस्कारसम्मको खर्चबाट बचेको रकम दुबैको परिवारलाई आधाआधा प्रदान गरिने भएको छ । जसबाट १३ दिने काजकृया लगायतका अन्य कर्मका लागि परिवारलाई मद्दत पुग्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com