सर्वेन्द्रका आठ सफलता : सलाम सर्बेन्द्र !


प्रकाशित मिति : पुस १९, २०७३ मंगलबार

 अस्मिता खड्का

नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि हात पारेपछि नेपाल लगायत विश्वभरका नेपालीहरुले महानगरीय अपराध महाशाखा एसएसपी सर्बेन्द्र खनालको प्रशंसा गरेका छन् । अझ खनाललाई बधाई दिनमा अमेरिकामा बस्ने नेपालीहरुको त ओइरो नै लागेको छ । अमेरिकामा बस्ने नेपालीहरुले सामाजिक सञ्जाल, समाचार, लेख र फोनमार्फत सर्वेन्द्र खनालको प्रशंसा गरेका छन् ।

न्युयोर्क निवासी संचारकर्मी सूर्य थापा आफ्नो फेसबुकमा लेख्छन् – नेपाली फुटबल टोलीलाई बधाई छ । नेपाली फुटबलको कुरा गर्दा अब म्याच फिक्सिङ प्रकरणको तहस नहस पार्ने एसएसपी सर्वेन्द्र खनालको नाम सबैले गौरवका साथ सम्झने छन् ।’

त्यस्तै न्युयोर्क निवासी अर्का संचारकर्मी दिवाकर बागचन्द मिडियामा रमेश खरेलको चर्चा भएपनि वास्तविक हिरो भने सर्बेन्द्र रहेको उल्लेख गर्दै फेसबुकमा लेख्छन् – ‘मिडियाको हिरो खरेल, वास्तविक हिरो खनाल । बधाई छ ।’ त्यसैगरी न्युयोर्क निवासी रेणु सुवेदीले आफ्नो फेसबुकमार्फत भन्छिन् – ‘बधाई सम्पूर्ण मिहिनेती फुटबल टिमलाई । साथै विशेष धन्यवाद एसएसपी सर्वेन्द्र खनाललाई । हामी तपाईहरुप्रति गर्व गर्छौं ।’ न्युयोर्क निवासी अन्जन श्रेष्ठले नेपाली फुटबल टिमको विजयमा खुशी साट्दै लेखे – ‘ घुसले नबिगारेको भए हाम्रा फुटबल खेलाडीहरुले पनि ज्यान दिएरै खेल्दा रैछन् । अब अरु सरकारी घुसखोरलाई पनि समात्दै जेलमा जाक्यो भने देश पनि विस्तारै उँभो लाग्छ ।’

त्यस्तै सुरक्षा विषयका अध्येता एवं नेपालको सुरक्षा सम्बन्धी विषयमा जानकार न्युयोर्क निवासी राधाकृष्ण देउजा आफ्नो फेसबुकमा लेख्छन् – ‘इमान्दारितासाथ देशको निम्ती खेल्ने हाम्रा फुटबल खेलाडीहरु पनि कम त रहेनछन नि । यस भन्दा पहिला पो गद्दारहरुको चंगुलमा परेको रहेछ त हाम्रो फुटबल । यस जीतको निम्ती नेपालको वर्तमान टिमलाई बधाई दिन जति आवश्यक छ त्यतिकै आवश्यक छ नेपाली फुटबल टिमका गद्दारहरुको पर्दाफास गर्ने महानगरीय प्रहरी अपराध माहाशाखाको सिंगो टिम अनि त्यसको नेतृत्व गरिरहनु भएका एसएसपी सर्वेन्द्र खनाललाई । देश र जनताको इज्जत र प्रतिष्ठासँग प्रत्यक्ष वा परोक्ष ढंगले खेलवाड गर्नेहरुलाई कानुनको दायरामा ल्याउन एसएसपी खनाललाई अझै सफलता मिलोस, भ्रष्ट र गद्दारहरु नहुँदा फुटबलमा जसरी देशले गौरव गर्न सक्ने परिणाम आयो त्यस्तै परिणाम सर्वत्र आउंदै जाने अपेक्षा छ ।’

फुटवलको सौदाबाजी गर्ने संगठित अपराध विरुद्ध धाबा बोलेको केही समयमा नै नेपाली फुटवल खेलाडीले अन्तराष्ट्रिय खेलमा २३ वर्षपछि विजय हाँसिल गर्दा खेलाडीसंगै उनको प्रसंसा र चर्चा बढेको हो ।

गत शुक्रबार बंगालादेशमा भएको फाइनलमा बहराइनलाई ३ गोलको अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि नेपालले हात पारेपछि सामाजिक सञ्जाल फेसबुकका वाल एसएसपी खनालको फोटोले भरिएका छन् ।

म्याच फिक्सिङको आरोपमा नेपाली फुटबल टोलीका कप्तानसहित आधा दर्जन खेलाडी पक्राउ परेकै कारण नेपाली टिमले उपाधि चुम्न सफल भएको ठहर अधिकांसले फेसबुक मार्फत व्यक्त गरेका छन् । यो २३ वर्षपछि नेपालले जितेको अन्तराष्ट्रिय फुटबल उपाधि हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो ।

केही दिन अगाडिमात्र एसएसपी सर्बेन्द्र खनाललाई महानायक राजेश हमालले सम्मान गर्दै खनाल प्रेरणाको स्रोत रहेको बताएका थिए ।

सर्बेन्द्र खनालले संचारकर्मीहरुसँग कुराकानी गर्दै भने– ‘म फुटबलको बच्चैदेखिको फ्यान हुँ । आज नेपाली खेलाडीको प्रदर्शनले मेरो मिसन सफल भएको छ । म्याच फिक्सिङ भएको कुरालाई थप प्रमाणित गरिदिएको छ ।’

अब नेपालले कुनै दिन ‘विश्वकप’ खेल्छ – सर्बेन्द्र

म बच्चैदेखि फुटबलको फ्यान हुँ । पहिले पहिले एशियामा नेपाल भन्नै वित्तिकै फुटबलको देश भनेर चिनिन्थ्यो । हामी सबै नेपालीलाई फुटबलले एकत्रित बनाउँथ्यो । तर, पछिल्लो समय परिणाम असाध्यै कमजोर बन्यो । एक होइन् दुई होइन् सयौं खेलमा नेपाल लगातार असफल भयो । म आफै पनि फुटबलप्रेमी भएको नाताले पहिल्यैदेखि चिन्ता थियो तर, जब मैले जिम्मेवारी पाएँ, तब सोधखोज गर्दै गएँ । २३ वर्षसम्म नेपालको फुटबलको स्तर कसरी खस्कियो ? किन विग्रियो ? भन्ने कुरामा फोकस भएँ । सम्बन्धित पक्षसँग कुरा गरेँ । एकपछि अर्काे कारण खुल्दै गयो । अनुसन्धान गर्दै जाँदा फिक्सिङ हुने गरेको यथेष्ठ प्रमाण भेटिए । त्यसपछि फिक्सिङमा संलग्न खेलाडीलाई पक्रेर अनुसन्धान गर्यौ । अनुसन्धानपछि प्रमाणित भयो कि नेपाली फुटबल पछाडि पर्नको कारण त म्याच फिक्सिङ रहेछ । यो घटनालाई आजको परिणामले पनि पुष्टि गरिदिएको छ ।

इमान्दारीपूर्वक खेलेको परिणाम अस्ति माल्दिभ्स र आज बहराइनसँग खेल्दा देखियो । अहिले नेपाली राष्ट्रिय फुटबल टोलीले जुन परिणाम देखायो, त्यो देखि म निकै खुसी छु । मेरो म्याच फिक्सिङ मिसन पूरै सफल भएको छ । यो जित खेलाडीले सही भावना, इमान्दारीकापूर्वक खेल्नुको परिणाम हो । जुनसुकै अन्तर्रा्ष्ट्रिय खेल पनि देशको राष्ट्रियतासँग जोडिएको हुन्छ । आजको जितले राष्ट्रिय स्वाभिमानलाई थप उचो बनाएको छ । खेलाडीको राम्रो प्रदर्शनले नै राष्ट्रियताको भावना बढाउँछ । अब नेपाली फुटबल यसै रफ्तारमा अगाडि बढ्छ र एकदिन विश्वकपकै उपाधि जित्न भन्ने मलाई विश्वास छ । नेपालका खेलाडीमा सम्भावना छ, प्रतिभा छ । यिनै कारणले गर्दा यो परिणाम देखिएको हो ।

यो जित सम्पूर्ण नेपालीहरुको जित हो । खेलको नाममा बदमासी गर्ने बदमासलाई कठघरामा ल्याउनुपर्छ । नेपालको झण्डा बेच्ने, नेपालीको भावनामा ठेस ल्याउने, राष्ट्रियता सौदा गर्नेलाई कदापी छोड्नुहुन्न् । अब हामी फुटबल प्रेमीले नेपाली फुटबललाई माथि पुर्याउन खेलाडीहरुलाई हौसला दिनुपर्छ र भविष्यमा विश्वमै खेल्ने सक्ने बनाउनुपर्छ ।

सर्बेन्द्रका सफलता

सफलता नम्बर १
मष्ट वान्टेड सूचिका गुन्डा नाइके कुमार घैंटेलाई इन्काउन्टर गर्ने खनालको काठमाडौ आएपछिको पहिलो ठूलो सफलता थियो । घैँटेलाई इन्काउन्टर गरेको तीन घण्टाभित्र तत्कालीन गृहमन्त्री बामदेव गौतमले खनालाई बधाई दिएको कुरा सञ्चारमाध्यहरुमा छिन भरमै छायो ।
घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएको खनालले बताएका थिए । यो सफलमा नेपाली कंग्रेस धेरै खुसी देखिएनन । तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री सुशील कोइरला लगायतका वरिष्ठ नेताहरु घटनाप्रति मौन देखिए भने केही कांग्रेस नेता एसएसपी खनालमाथि खानिए नै । यस सफलतामा उनले बधाईका साथै गालीखाएको तीतो अनुभव पटक पटक सुनाउने गर्दछन् । घैँटेले उनी डीएसपी हुँदा आक्रमण गरेर गाडी तोडफोड गरिदिएको थियो ।

सफलता नम्बर २

भनेपछि गर्ने र गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको अप्रेसन । राष्ट्रिय खेलाडीहरूलाई नियन्त्रणमा लिनु अरुका लागि असम्भव देखिएको थियो भने उनले जिम्मेवारी समालेको केही महिलाभित्र गरेर देखाए । म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमामा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो । त्यो बेला उनले मिडियामा प्रतिक्रिया दिँदै भने ‘मेरो उदेश्य पूरा भयो’ । यो सफलतापछि उनी हाइ हाइ नै भए ।

खेलको सौदाबाजी गर्ने आरोपमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कटघरामा खाडा गर्यो । तर, खेलाडीहरु अहिले पनि भनिरहेका छन् हामी निर्दोष छौं । फुटबलको सौदाबाजी गर्ने आरोप लागेका मध्ये सागर र सन्दिप थ्रिस्टारका खेलाडी थिए । फुटबल खेलमा सौताबाजी भैरहेको गोप्य सूचना पाएका एसएसपी खनालले खेलाडीमाथि अनुसन्धान सुरु गरेको सुनाए ।
आरोपितलाई नियान्त्रणमा लिएपछि मिडियालाई प्रतिक्रिया दिँदै भने ‘प्रहरीको लागि यो ऐतिहासिक सफलता मिलेको छ ।’ उनले झ्यालखान हालेका सबै खेलाडी अहिले धरौटीमा छुटेका छन् ।

देश बाहिर खेल हारेर आउँदा सौताबाजी भएको चर्चा बेला बेला हुने गरेको थियो तर,त्यसको चुरोकुरो पत्ता लगाउनका लागि उनी जिम्मेवारी समालेको वर्षदिन नपुग्दै सफल भए । खेलबाट देश विश्वमा चिनाउनुको सट्टा सौदाबाजी गर्नु पनि ठूलो अपराध भएको उनले भनेका छन् । खेलभित्रबाट भैरहेको संगठित अपराध रोक्न सफल खनालले राजनीतिको कभरभित्र लुकेका तस्कर, गुण्डा, व्यावाचारीलाई एकदिन काठमाडौंको सड्क पेटिमा उभ्याउने भनाइ अधिकारहरुको छ ।

म्याच फिक्सिङको आरोप लागेका सागर २००९ देखि २०१५ सम्म कप्तानको जिम्मा समाल्दै आएका थिए । खनालको टीमले गरेको अनुसन्धानबाट बंगलादेश, मलेसिया र अफगानिस्तानमा भएका खेलमा सौदाबाजी भएको पत्ता लागेको छ ।

सफलता नम्बर ३

नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिवलाई भ्यालखानको बाटो देखाइ दिए । यसैगरी लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हतकडी लगाए । १ सय लिटर तेल हाल्दा मिटरमा १ सय लिटर देखिए पनि ५ लिटर कम हुने गरेको प्रहरीको अनुसन्धानपछि खुल्नआयो । प्रहरीले नेपाल पेट्रोल एसोसिएसनका पदाधिकारी सहित पेट्रोल पम्पका सञ्चालकलाई पक्राउ गर्यो । खनालको टोलीले नाकाबन्दीले जनताले पीडा भोगेको बेला त्यसको फाईदा उठाउँदै कालोबजारी गर्न सहयोग गरेको आरोपमा सरकारका सहसचिव तथा नापतौल विभागका प्रमुख रामआधार साहलाई हतकडी लगायो ।

सफलता नम्बर ४

उद्यमी जमिम शाहको हत्यारालाई खनाले नै पक्रउ गरे । महासाखामा जिम्मेवारी लिएर आएको एक हप्तामै उनले हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो ।

सफलता नम्बर ५

ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै एसएसपी खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई एसएसपी खनालकै टोलीले पक्राउ गरेर देखायो ।

सफलता नम्बर ६

अवैध रुपमा सञ्चालन भएका कन्सलटेन्सी पनि उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । ‘निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन ,छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे ।

सफलता नम्बर ७

विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे । अनेकन प्रलोभन देखाएर ठगी गर्ने यी दुई दाजुभाई हुन ।

सफलता नम्बर ८

जनकपुर, पर्सा लगायतको स्थानमा बस्दा एसएसपी खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खोल्नु पर्यो । उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । उनले नेतृत्व समालेपछि माहासाखाले करिव डेढसय मुद्धामाथि सफल अप्रेसन गरिसकेको छ ।

राष्ट्र र जनताको पक्षमा काम गर्ने कुशल र बहादुर योद्धा विरलै जन्मन्छन् । जसको कामप्रति आशा र भरोषा गर्न सकिन्छ । समाजलाई सत्यको बाटो देखाउने र समाजमा रहेका विकृति र विसंगतीको विरुद्ध धावा बोल्ने खनाल अहिलेलाई नेपाली समाजका नायक हुन भन्दा फरक पर्दैन ।

प्रथम पटक प्रकाशित मिति : जनवरी २९, २०१६

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com