जापानको नागोयामा एक सुत्केरी नेपाली महिलाको निधन


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

म्याग्दी राखु स्थायी घर भै रोजगारीको सिलसिलामा जापानको नागोयामा रहँदै आएकी प्रमिला दर्जीको बिहीबार साँझ उपचारको क्रममा अस्पतालमा निधन भएको छ ।

१ महिना अगाडि सुत्केरी भएकी दर्जी ब्रेन ट्यूमरबाट पीडित थिईन् । उनको उपचारको क्रमममा हिजो साँझ अस्पतालमा निधन भएको मोना जापानका अध्यक्ष दिपक केसीले बताए ।

४ वर्ष अगाडि विद्यार्थीकारुपमा जापान आएका र हाल रोजगारीमा संलग्न दिनेश दर्जीकी धर्मपत्नी प्रमिलाले एकमहिना अगाडि एक छोरीको जन्म दिएकी थिईन् । सन्तानको जन्म दिएपनि १ महिनाको शिशुको पालनपोषण गर्ने, हुर्काउने जिम्मेवारी र पत्नी वियोगको पीडामा अहिले दिनेश भावविह्वल भएका छन् ।

प्रमिलाको उपचारका लागि मोना जापानले आर्थिक सहयोग जुटाउने तिब्र अभियान चलाईरहेको र आउँदो आइतबार संकलित रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्व। प्रमिलाको भोलि शनिवार बिहान ९स्२० बजे  मियकेनको निशिबेस्शो, कुवाना भन्ने ठाउंमा अन्त्येष्टी गर्ने तैयारी भईरहेको नागोयाबाट मोना अध्यक्ष केसीले बताए ।

नवजात शिशुको अवस्था भने समान्य रहेको बताइएको छ । शिशुलाई थप पालनपोषणका लागि नेपालमै लैजाने तयारी भइरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com