५९ बर्ष २२ दिन अमेरिकी सांसद रहेका डिंगल को ९२ बर्षको उमेरमा निधन


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

५९ बर्ष २२ दिन अमेरिकी सांसद जोन डिंगलको ९२ बर्षको उमेरमा निधन भएको छ । उनले सन् १९५५ देखि सन् २०१५ सम्म लगातार अमेरिकी सांसदका रुपमा काम गरेका थिए ।

उनी ११ जना राष्ट्रपतिको कार्यकालमा सांसदका रुपमा रहेको र २८ हजार ५ सय ५१ पटक संसदमा मतदान गरेको जनाईएको छ । उनी अमेरिकी संसदमा सबैभन्दा लामो समय सेवा गर्ने राजनीतिज्ञ हुन् ।

मिशिगनको डियरबोर्नमा रहेको आफ्नो घरमा शान्त तरिकाले उनको निधन भएको र निधन हुने बेलामा पत्नी डेबोराह साथै रहेको जनाइएको छ । जोन डिंगलले मिशिगनबाट प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीका तर्फबाट चुनाव जित्दै आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com