फोक्सो फेरेकी प्राशाको न्युयोर्कमा निधन


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

गम्भीर बिरामी भएर न्युयोर्कको आईसीयुमा भर्ना भएकी प्राशा तुलाधरको निधन भएको छ । सन् २०१६ को फरबरी ९ मा न्युयोर्कमा फोक्सो फेरेर पुनर्जीवन प्राप्त गरेकी प्राशाको आज निधन भएको हो । गत डिसेम्बरमा फोक्सोमा इन्फेक्सन भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको फोक्सो र मृगौलाले समेत काम गर्न छाडेको थियो ।

सन् २०१६ को फरबरीमा फोक्सो प्रत्यारोपणपछि तीनमहिना उपचार गरेर अप्रिलमा प्राशा घर फर्किएकी थिइन् । त्यसपछि उनी अंगदान अभियानमा समेत सकृय रहेकी थिइन् । अंगदान र स्क्लेरोडोर्मा रोगका बारेमा जनचेतना जगाउने क्रममा प्राशा सन् २०१८ मा न्युयोर्क राज्यका सांसदहरुलाई भेट्न उनका पतिसहित क्यापिटल हिल समेत पुगेकी थिइन् ।

न्युयोर्कको प्रेस्वेटेरियन अस्पतालको आईसीयुमा केही हप्ता देखि इक्मो, भेन्टिलेटर र डायलोसिस मेसिनमा राखिएको थियो । विगतमा प्राशाको उपचारका लागि अमेरिकामा रहेको नेपाली समुदायले ठूलो सहयोग गरेको थियो । अन्तत प्राशाले सबैलाई छाडेर यो संसारबाट विदा भएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com