सडक दुर्घटनामा परि जापानमा एक नेपाली युवकको मृत्यु


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

जापानको साईतामा केनमा सडक दुर्घटनामा परि एक नेपाली युवकको मृत्यु भएको छ ।

सोमवार राती जापानको साईतामा केनमा बाटो काट्ने क्रममा साइतामाकै एक कम्पनीमा काम गर्दै आएका माईकल गौचनको मृत्यु भएको हो ।

म्याग्दी घर भई काठमाडौं बसोवास रहेको गौचन गतवर्ष विवाह गरेर आएका थिए । मृतक गौचनको श्रीमति र परिवार नेपालमै छन् ।

साईकलमा यात्रा गरिरहेका गौचनको वाटो क्रस गर्ने क्रममा मृत्यु भएको नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकालीले जानकारी दिए ।

घटना के कसरी भयो भन्ने वारेमा थप जानकारी आफुले नपाएको भएपनि सडकको छेउमा साईकल रोकेर बाटो क्रस गर्ने ठाउँमा गाडीले ठक्कर दिएका कारण मृत्यु भएको थकालीले बताए ।

ग्रीग इन्टरनेशनल कजेल योकोहामावाट सेन्मोन सकेर साईतामाको एक जापानी कम्पनीमा काम गर्दै आएका गौचनको निधनबारे विस्तृत जानकारी बुझ्ने काम भईरहेको नेपाली राजदूतावासले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com