‘परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणको उपलब्धिको एक थोपा पनि बाँकी रहेन’


प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि डा. जयराज आचार्यले प्रचण्डको हालको वक्तव्य र त्यसले निम्त्याएको असहज स्थितिले नेपालअमेरिका सम्बन्धलाई पूरै पानीसुकेको रानीपोखरीजस्तो रित्तो बनाइदिएको दाबी गरेका छन् । बीबीसी नेपाली सेवामा प्रकाशित लेखमा उनले भनेका छन् – ‘परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणको कुनै उपलब्धिको एक थोपा पनि बाँकी रहेन।’

विगत ७१ वर्षमा नेपालअमेरिका द्विपक्षीय सम्बन्धमा यस्तो तनाव कहिल्यै नभएको बताउँदै पूर्वकूटनीतिज्ञ आचार्यले सन् १९७० को दशकको मध्यतिर शीतयुद्ध चरमोत्कर्ष पुग्दा पनि यस्तो तनाव भएको नसुनिएको बताएका छन् । उनले भनेका छन् – ‘अहिले आएर नेकपा सरकारसित अमेरिकी सरकारको सम्बन्ध ऐतिहासिक रूपमा बिग्रियो। त्यो अब सजिलै र चाँडै सुध्रिन सम्भव देखिन्न।’

यही तनावका कारण अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट अन्तर्गत सहयोग पुर्‍याउने उद्देश्यले छुट्ट्याएको ५० करोड अमेरिकी डलर सहायता स्थगित गरिदियो भने त्यो गम्भीर कुरा हुने आचार्यको भनाई छ । आचार्यले भनेका छन् – ‘अमेरिकाले नेपालले शान्तिसेनामा दिइरहेको योगदान घटाउने भन्न थाल्यो भने त्यो झन् गम्भीर कुरा हुनेछ। त्यसलाई रोक्न कसैले सक्नेछैन।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com