अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाको लागि भारतमा एक बहिनीले गरिन् आफ्नै दाजुसंग विवाह


प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार

अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाको लागि भारतमा एक बहिनीले आफ्नै दाजुसंग विवाह गरेकी छिन् । भिसा प्रक्रिया सबै पूरा भएर भिसा पाएपछि उनीहरु हाल अष्ट्रेलियामा बसोवास गरिरहेका छन् ।

भारतको पन्जाबको एक परिवारका दाजु बहिनीले अष्ट्रेलियाको भिसाको लागि कानुन, परिवार, समाज सबैलाई धोका दिएको प्रहरीले जनाएको छ । पन्जाब प्रहरीले केही समय अगाडी यो गोप्य खबर थाहा पाएपछि अहिले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले हाल दाजु बहिनी दुवै अष्ट्रेलियामा रहेकोले पन्जाबमा रहेका उनीहरुका आमा, बुवा, भाइ र हजुरआमामाथी छानबिन भइरहेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com