अब आफ्नै घरआँगनबाट नागरिकतालगायत सेवासुविधा पाउन थालेकाले गाउँमै सिंहदरबार आएको जस्तो भनाइ मदेशका जनताको


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

पश्चिमी पर्सास्थित ठोरी गाउँपालिका–४ बस्ने मोहन श्रेष्ठकी छोरी कृतिले सर्वसुलभ तरिकाबाट वंशजको नागरिकता पाउँदा घरआँगनमै मधेश सरकार आएको भनी खुशी ब्यक्त गरेकी छन् । विसं २०६३ यता आफनो अधिकारका लागि भएको तीन चरणको मधेश आन्दोनलको उपलब्धिका रुपमा घरआँगनमै मधेश सरकार आएपछिको परिणाम कृतिले घरदैलामा आधाघण्टामै वंशजको नागरिकता पाउनु हो ।

बलिदानीपूर्ण सङ्घर्षको यात्राबाट सङ्घीयता व्यावहारिक रुपमै संस्थागत भएपछि पश्चिमी पर्साको सुगम गाउँका मानिस मात्र नभएर अतिविकट तथा दुर्गम गाउँका बासिन्दासमेत खुशी छन् । विसं २०७२ मा तत्कालीन सरकारले गरेको निर्णयानुसार हालै जिराभवानी गाउँपालिका, सुपौली गाउँमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस भेगका ठोरी, जगरनाथपुर, जिराभवानी तथा पटेर्वा सुगौली गाउँपालिकाका करीब एक लाख जनताले घरआँगनबाटै सेवा सुविधा लिन थालेको निर्मलबस्तीका लालबहादुर श्रेष्ठले बताउनुभयो ।

स्थानीय नेकपाका नेता भोला महतो थारु भन्नुहुन्छ,“मधेशको विकासँग जोडिएको मुद्दालाई वर्तमान सरकारले प्राथमिकतामा राखेर अगाडि बढिरहेकाले नै आज पर्साको घरआँगनमा जनताले सेवा सुविधा पाइरहेका छन् । ”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नागरिकतालगायत सेवासुविधा प्राप्त गर्न घर अगाडि नै इलाका प्रशासन कार्यालय स्थापना भएपछि पहिचानसहितको सङ्घीयताको जग बलियो हँुदै गएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “लामो समयसम्म विकास नपाएका जनताले स्थानीय निर्वाचनपछि घरआँगनमै सेवासुविधा पाउनु सङ्घीयताको उपलब्धि हो ।”

इलाका प्रशासन कार्यालय स्थापना भएपछि सदरमुकाम वीरगञ्जबाट करीब ४२ किलोमिटर पश्चिम दुर्गममा रहेको ठोरी गाउँपालिकाका बासिन्दा छोटो समयमा सबै सुविधा लिएर एकै दिनमा घर फर्किने अवस्था आएको ठोरी ५ सुवर्णपुरका वडाध्यक्ष रामबहादुर पाख्रिनले बताउनुभयो ।

लामो समयदेखि सो भेगका बासिन्दा वृद्धभत्ता, जन्मदर्ता, विवाहदर्ता, विधवा भत्ताजस्ता सुविधाबाट वञ्चित हँुदै गएकामा अब आफ्नै घरआँगनबाट नागरिकतालगायत सेवासुविधा पाउन थालेकाले गाउँमै सिंहदरबार आएको जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत थारुको भनाइ छ । देशमा सङ्घीयता आएपछि मधेशी जनता करदाताबाट मतदाता हँुदै अहिले नेतासम्म बनेका छन् भने राजनीतिक चेतनास्तर र विकास घरघरमा पुगेको देखिन्छ । पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com