हलिउड अभिनेत्री एन्जोलिना जोली राजनीतिमा आउने संकेत


प्रकाशित मिति : पुस १४, २०७५ शनिबार

हलिउड अभिनेत्री एन्जोलिना जोलीले राजनीतिमा आउने संकेत गरेकी छन् । अभिनेत्री जोलीले बिबिसीसँगको कुराकानीमा भविष्यमा राजनीतिमा आउने संकेत गरेकी हुन् ।

२० वर्षअघि राजनीतिमा लाग्ने कुरा आफूले अस्वीकार गर्ने अवस्था रहे पनि अहिले आवश्यक भएको बताएकी हुन् । उनी संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगका लागि विशेष दूत पनि छन् ।

उनले बिस्तृत अन्तर्वार्ताको क्रममा अमेरिकी राजनीति, सामाजिक सञ्जाल, यौन हिंसा र विश्वव्यापी रुपमा रहेको शरणार्थी समस्याका बारेमा कुरा गरेकी छन् ।

जोलीले शरणार्थी, यौन हिंसा न्यूनिकरण तथा वातावरणीय संरक्षणकाबारेमा वकालत गर्दै आएकी छन् । उनी अमेरिकामा डेमोक्र्याटिक पार्टीसँग नजिक छिन् । उनी भविष्यमा पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने सम्भावना छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com