नेपाल आइडल सिजन–२ को विजेता बने रवि ओड
प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार
चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता धनगढीका रवी ओड बनेका छन् ।
फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओड नेपाल आइडल सिजन–२ को विजेता बन्न सफल भएका हुन् ।
उनले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुरको अवसर पाएका छन् ।
दर्शकबाट सर्वाधिक धेरै भोट पाएको आधारमा उनी विजयी बन्न सफल भएका हुन् ।
यस्तै सिजन–२ को उपविजेता पोखराका विक्रम बराल बनेका छन् । उनले २० लाखको चेकका पाएका छन् ।
दर्शकले दिएको भोटको आधारमा झापाका सुमित पाठक सेकेण्ड रनरअप भएका छन् ।
उनले १२ लाख बराबरको चेक पाएका छन् ।
यसैगरी झापाकै अस्मिता अधिकारी चौथो बनिन् । उनले होन्डाको स्कुटर प्राप्त गरिन् ।
आइडलको फिनाले पुल्चोक इन्जिनियरिङ क्याम्पसको ग्राउण्डमा भएको थियो । उक्त फिनाले हेर्न हजारौं दर्शक उपस्थित थिए भने युट्यूबमार्फत एकै पटक एकलाख भन्दा बढीले हेरेका थिए ।






