कम आम्दानी हुनेलाई ग्रिनकार्ड नदिने नियमको बिरुद्धमा अमेरिकामा ३२ सहर


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

कम आम्दानी हुने आप्रवासीहरुलाई ग्रिनकार्ड नदिनेगरी ट्रम्प प्रशासनले ल्याउन लागेको पब्लिक चार्ज सम्बन्धि निमयको अमेरिकाका ३२ सहरले विरोध गरेका छन् । न्युयोर्क र शिकागोले नेतृत्व गरेको ३२ सहरको समुहले ट्रम्प प्रशासनले ल्याउन लागेको नियमको विरोध गरेका हुन् ।

फुडस्ट्याम्प, मेडिकेड लिनेलाई ग्रिनकार्ड नदिने नियमबाट को प्रभावित हुन्छन् ? को हुन्नन् ?

युएससीआईएसको प्रस्तावित नियमले प्रशासनिक प्रकृया ऐन लगायतका कैयन संघीय कानुनको उल्लंघन गर्ने ती सहरहरुको प्रतिकृया रहेको छ । आगामी नियम परिवर्तन निर्दयीमात्र नभई गैरकानुनी समेत रहेकाले आफुहरु त्यसको विरुद्धमा रहेको वासिंटन डिसीका महान्यायाधिवक्ता कार्ल रेसिनले बताएका छन् ।

कम आम्दानी हुनेलाई ग्रिनकार्ड नदिने नियम घोषणा (पूर्ण पाठ)

दर्जनौं सहरहरुले अधिकारवादी समुहहरुसँग मिलेर युएससीआइएसको प्रस्तावित नियममा कमेन्ट गरेका छन् । सोमबार राती कमेन्ट अवधि सकिनुभन्दा अगाडिसम्म प्रस्तावमा २ लाख १० हजार ८८९ कमेन्टहरु आएका छन् ।

नयाँ नियमले कुनै व्यक्तिले सरकारी सुविधा लिएको विषयलाई ग्रिनकार्ड, भिसा र नागरिकताको मापदण्ड बनाउनेछ भने अमेरिकामा सरकारी सुविधा लिने सम्भावना रहेको खण्डमा कुनै पनि व्यक्तिको भिसा अस्वीकार गर्ने अधिकार कन्सुलर अधिकारी वा महान्यायाधिवक्तालाई प्रदान गर्दछ ।

ग्रिनकार्ड नपाइने त्रासले अमेरिकामा कम आम्दानी हुनेले लिन छाडे खाद्य, उपचार र आवास सुविधा

प्रस्तावित नियममा आएका २ लाखभन्दा धेरै प्रतिकृया हेरेर अन्तिम नियम तयार गर्नका लागि अहिले होमल्याण्ड सेक्युरिटीलाई तनाव उत्पन्न भएको छ । अन्तिम नियम आउँदासम्म केही हेरफेर हुनसक्ने अपेक्षा गरिएको छ ।

नयाँ नियम लागु नहुँदासम्म पुरानौ नियम अनुशार कार्यान्वयन गरेर अगाडि बढ्ने युएससीआईएसले जनाएको छ ।

कम आम्दानी हुनेलाई ग्रिनकार्ड नदिने नियम फेडरल रजिष्टरमा प्रकाशित हुँदै, ६० दिन प्रतिकृया मागिने

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com