२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
इमिग्रेशन

ग्रिनकार्ड नपाइने त्रासले अमेरिकामा कम आम्दानी हुनेले लिन छाडे खाद्य, उपचार र आवास सुविधा

अमेरिकी सरकारले फुड स्ट्याम्प, मेडिकेड र आवास सुविधा लिने आप्रवासीहरुलाई ग्रिनकार्ड नदिने नीति ल्याउन थालेपछि अमेरिकामा रहेका आप्रवासीहरुले त्रासका कारण त्यस्ता सरकारी सुविधाको सुचीबाट आफूलाई हटाउन थालेका छन् । पब्लिक चार्जको नयाँ नीतिले ग्रिनकार्डमा कडाई गर्ने भएपछि कम आम्दानी भएका कैयन आप्रवासीहरुले सार्वजनिक आवासको प्रतिक्षा सुचीबाट आफ्नो नाम हटाउन थालेका छन् ।

त्रासका कारण कैयनले मेडिकेड सुविधा र फुड स्ट्याम्पबाट आफूलाई हटाउन थालेका छन् । ट्रम्प प्रशासनले ल्याउन लागेको नयाँ नीतिले फुड स्ट्याम्प, मेडिकेड र आवास सुविधा लगायतका सरकारी सुविधा लिनेहरुलाई अमेरिकाको ग्रिनकार्ड र भिसा लिन अझ कठिन बनाउनेछ । हरेक बर्ष ६० हजार न्युयोर्कबासीलाई सहयोग गर्दै आएको चाइनिज अमेरिकन योजना परिषद्की कार्लेन कावेनले नयाँ नीति लागु नहुँदै त्यसको प्रभाव पर्न थालेको बताइन् ।

फुडस्ट्याम्प, मेडिकेड लिनेलाई ग्रिनकार्ड नदिने नियमबाट को प्रभावित हुन्छन् ? को हुन्नन् ?

अमेरिकी ट्रम्प प्रशासनले अब फुड स्ट्याम्प, मेडिकेड जस्ता सरकारी सुविधा लिनेहरुलाई पनि ग्रिनकार्ड नदिने नियमको घोषणा गरेको हो । नयाँ नियम अनुशार मेडिकेड, फुड स्ट्याम्प र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिइने भएको छ ।

सन् १९९९ को झण्डै १९ बर्ष पुरानो नियममा पुनर्लेखन गर्दै ट्रम्प प्रशासनले नयाँ नियमको घोषणा गरेको हो । पुरानो नियममा सरकारबाट नगद सुविधा लिने वा लिने सम्भावना भएकाहरुलाईमात्र ग्रिनकार्ड वा भिसा नदिने व्यवस्था रहेको थियो भने अब स्वास्थ्य, खाद्य वा आवास सुविधा लिनेहरुलाई समेत ग्रिनकार्ड नदिइने नियमको घोषणा गरिएको छ ।
अमेरिकी अर्थतन्त्रमा भारहुनसक्ने आप्रवासीलाई भिसा नदिइने पब्लिक चार्ज नियमको अमेरिकामा सन् १८०० को बेलादेखि नै अभ्यास गरिदै आएकोछ । तर नयाँ नियमले भने अमेरिकामा रहेका र अमेरिकाका खासगरी आप्रवासी भिसामा आउन चाहनेहरुलाई प्रभाव पार्नेछ ।

नयाँ नियमपछि अमेरिकामा रहेर ग्रिनकार्डको प्रकृयामा रहेकाहरुले स्वास्थ्य, खाद्य वा आवास सुविधा लिएमा उनीहरुलाई ग्रिनकार्ड प्राप्त गर्नबाट वञ्चित गराइनसक्नेछ । साथै अमेरिकामा रहेका ग्रिनकार्ड होल्डरका आफन्तहरु अमेरिकामा आप्रवासी भिसामा आउन खोज्दा स्पोन्सर गर्नेकोमा आम्दानी कम भएको खण्डमा वा सरकारी सुविधा लिएको पाइएमा समेत समस्या हुनसक्नेछ । साथै अमेरिकाबाहिरबाट डिभी लोटरी लगायत विभिन्न श्रेणाीको आप्रवासी भिसा आवेदन दिंदा समेत अमेरिकी अर्थतन्त्रमा भार नपर्ने र अमेरिकाको सरकारी सुविधा नलिने कुराको ग्यारेन्टी गर्नुपर्नेछ ।

कम आम्दानी हुनेलाई ग्रिनकार्ड नदिने नियम फेडरल रजिष्टरमा प्रकाशित हुँदै, ६० दिन प्रतिकृया मागिने

घोषणा गरेको नयाँ नियममा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरीले हस्ताक्षर गरिसकेकी छिन् । यो नियम पूर्णरुपमा लागु भएपछि कम आम्दानी हुनेहरुका लागि अमेरिका अझ गाह्रो हुने भएको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

नयाँ नियमले ग्रिनकार्ड लिन चाहनेहरुका लागि प्रभाव पारेपनि पहिले नै ग्रिनकार्ड लिइसकेकाहरुका सन्दर्भमा भने प्रभाव नपार्ने जनाइएको छ । यद्यपी पहिले नै ग्रिनकार्ड लिइसकेकाहरुले ग्रिनकार्ड नविकरण गर्दा भने मेडिकेड, फुड स्ट्याम्प वा आवास सुविधा लिइएको पाइएमा नविकरणमा समस्या हुनसक्नेछ ।

नयाँ नियम अमेरिकी सरकारको फेडेरल रजिष्टरमा प्रकाशित हुनेछ भने ६० दिनको कमेन्ट अवधिपछि नयाँ नियम लागु हुने जनाइएको छ ।

कम आम्दानी हुनेलाई ग्रिनकार्ड नदिने नियम घोषणा (पूर्ण पाठ)

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →