ग्रिनकार्ड, भिसा, एसाइलबारे प्रश्न छ ? ‘आस्क क्युरिया’लाई सोध्नुहोस्
प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार
अब अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायतका कैयन अध्यागमन विषयमा ‘आस्क क्युरिया’ मार्फत तपाईले जवाफ पाउनुहुने भएको छ । अमेरिकी अध्यागमनबारेका पछिल्ला अपडेट, नजिकको अध्यागमन ल फर्म र प्राय अध्यागमन प्रश्नहरुको जवाफ ‘आस्क क्युरिया’ च्याटबोट बाट पाउनुहुने भएको छ ।

आस्क क्युरियाका अध्यक्ष तथा अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीका अनुशार अहिले अँग्रेजी भाषामा रहेको ‘आस्क क्युरिया’ थप विशेषताहरुका साथमा निकट भविश्यमा नेपाली भाषामा समेत उपलब्ध हुनेछ । आस्क क्युरियामार्फत नयाँ वा पुराना कानुन व्यवसायी छान्ने विकल्प समेत प्रयोगकर्ताले पाउँछन् । प्रयोगकर्ताले कति बर्ष अनुभव भएको कानुन व्यवसायी छान्ने भन्ने विकल्प बोटमार्फत पाउनेछन् ।

आस्क क्युरियाको च्याटबोटमा गएर तपाईले कुनै पनि प्रश्नहरु सोध्न सक्नुहुन्छ । उदाहरणका लागि तपाई ग्रीनकार्ड टाइप गर्नुभयो भने आस्क क्युरियाले तपाईलाई ग्रिनकार्डबारेका पछिल्ला समाचार, ग्रिनकार्डको परिभाषा, ग्रिनकार्ड फाइल गर्ने तरिकामात्र होइन, फाइल गरिदिने वकिलको विवरणसमेत उपलब्ध गराउँछ ।






