नेपालमा ८.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाने वैज्ञानिकको दाबि


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठूलो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना रहेको  अनुसन्धानले देखाएको छ ।

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको भूगर्भविद् राजेन्द्रले जानकारी दिए ।
उनका अनुसार भूकम्पको जोखिम अत्यधिक भएकाले सुरक्षित संरचना निर्माण आवश्यक छ । प्रतिवेदनमा जोखिमको सम्भावना भएको नेपालको पश्चिम क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा निर्माण गरिने भौतिक संरचानाहरु सुरक्षित हुने गरी बनाउन सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भविद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् ।
उनले हिमालय क्षेत्रमा ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जानेमा कुनै शंका नरहेको दाबी गरे । यो ठूलो विपत्ति जुनसुकै बेला आउने भएकाले सतर्क रहन पनि वैज्ञानिकहरूले आग्रह गरेका छन् । ‘भूकम्प आउन सक्ने विषयमा अध्ययन अनुसन्धान भए पनि यही समयमा भूकम्प आउँछ भन्न सकिन्न,’ भूगर्भविद् विल्हमले भने, ‘यस्तो जोखिमयुक्त क्षेत्रका संरचना बलियो बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्दछ ।’ विपद् आउनुपूर्व नै कम क्षति हुने गरी संरचना निर्माण गर्नेतर्फ लाग्नुपर्ने उनको सुझाव छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com