मिस वर्ल्डमा टप १२ बाट बाहिरिइन् श्रृंखला
प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार
मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डकाे उपाधि हाेडबाट बाहिरिएकी छिन्। चीनकाे सान्यामा जारी टप ५ काे प्रतिस्पर्धामा शृंखला थाइल्याण्डकी सुन्दरीसँग पराजित हुँदै टप १२ बाट बाहिरिएकी हुन्।
चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सिमित बनेको हो ।
मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए ।तीन सुन्दरी मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै शीर्ष पाँचमा आफ्नो स्थान बनाइन् ।