झापामा घर घरमै पुगेर प्रहरीले असुल्छन् सेटिङको पैसा !


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

सेटिङ बापतको रकम असुल्न सर्वसाधरणको घरमै पुगेका झापाका एक प्रहरी सहायक निरीक्षक (असई) घुस रकमसहित रंगेहात फेला परेका छन् ।ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका झापाको मेची नगर—१३, बालुबाडीका यादव भट्टराई छुटाउन सेटिङ मिलाएको भन्दै प्रहरी चौकी चारआलीका इन्चार्ज असई उत्तम कुमार कार्कीले स्थानीय विचौलिया श्रीराम मरासैनीको सहयोगमा बर्दीमै घरमा पुगेर अवैध असुली गरेका हुन् ।जिल्ला प्रशासन कार्यालय झापाको आदेशमा गत आइतबार ८ हजार रुपैयाँ धरौटी तिरेर हिरासत मुक्त भएको भोलिपल्ट सोमबार भट्टराईकी श्रीमती किशोरा र उनको परिवारलाई मरासैनीले मुद्धा मिलाउनलाई प्रहरीले सहयोग गरेकाले १५ हजार रुपैयाँ दिनुपर्ने भन्दै बारम्बार धम्काएका थिए । रकम नदिए बाटो हिँड्न नसक्ने चेतावनी दिएपछि भट्टराई परिवारले रकमको जोहो गरी हामीलाई खबर गरेका थिए ।

त्यसपछि किशोरले रकम कसलाई र कहाँ दिनुपर्ने भन्ने बिषयमा असई कार्कीसँग सम्पर्क गर्दा उनले घरमै आएर रकमले लिने बताए । असई कार्की रकम असुल्न घरमै आउने भएपछि हामीले गोप्य क्यामेराको प्रयोग गरी रकम लेनदेनलाई यसरी कैद ग¥यौँ ।का र्कीले आफु मरासैनीसँग केही रकम सापटी मागेको र सोही रकम लिन आएको भन्दै पन्छिने प्रयास गरेपनि किशोराले उक्त रकम घुस नै दिएको बताइन् । अवैध रकमसहित रंगेहात फेला परेका असई कार्कीले भट्टराईको मुद्धा इलाका प्रहरी कार्यालय बिर्तामोडले हेरेकाले त्यहाँ कार्यरत आफ्नै नाम गरेका सई उत्तम कार्कीले आफुलाई रकम लिन पठाएको बताए ।यतिमात्र होइन यसअघि पटकपटक चारआली प्रहरी चौकीको कमाण्ड सम्हाल्दै आएका असई कार्कीले मरासैनीकै सेटिङमा सर्वसाधरणसँग रकम असुल्दै आएको स्थानीयबासीले गुनासो गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com