विर अस्पतालको बेडमा मुत्युसँग संघर्ष गरिरहेका महादेवको यो संसारमा आफ्नो भन्ने कोही छैनन् (भिडियो)


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

विर अस्पतालको बेडमा मुत्युसँग संघर्ष गरिरहेका महादेवको यो संसारमा आफनो कोहि छैनन्, ३ महिना अघि बाबु र १२ वर्ष अघि आमालाई गुमाएका उनको पिडा पहाडभन्दा अग्लो छ, तर सुनिदिने बुझिदिने कोही छैनन, हे दैव किन गरिब र पिडितकै हुन्छ यस्ते बेहाल ? डडेलधुरामा भएको बस दुर्घटनामा परी घाइते भएका १८ वर्षीय महादेव राउतको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ । महादेवको पनि पीडा नवीनको जस्तै छ । १२ वर्षअगाडि आमाको मृत्यु भयो, आर्थिक अभावमा उपचार गर्न नसकेर तीन महिनाअघि बुबाको मृत्यु भयो । दिदी भारतमा विवाह गरेर उतै घरजम गरेर बसेकी छन् । आर्थिक अवस्था कमजोर भएकाले महादेवको पनि उपचारमा समस्या छ ।

उनको कुरुवा बसिदिने कोही छैनन् । डोटी घर भई काठ माडौंमा बस्दै आएका डडेलधुराकै हेमराज भट्टले घाइतेको उपचार र हेरचाह गरिरहेका छन् ।आर्थिक अभावले उपचारमा समस्या भएकाले घाइतेहरुको उपचारमा सहयोग गर्न हेमराजले आग्रह गरे । आ र्थिक अभावमा उपचारमा समस्या भएका लागि आफूले सहयोग संकलन अभियान सुरु गर्ने उनले बताए । सक्दो सहयोग जुटाउनका लागि उनी अभियान सञ्चालन गर्ने र उनीहरुले सहयोग गर्ने हेमराजले बताए ।नवीन, महादेवजस्तै ट्रमा सेन्टरमा गन्यापधुरा गाउँ पालिका–३, डडेलधुराका २२ वर्षीया मिना भुल, शिखर नगरपालिका–११, डोटीका ३० वर्षीय भक्तबहादुर बलायर र शिखर नगरपालिका–१० का बस सहचालक लोकबहादुर महराको उपचार ट्रमा सेन्टरमा भइरहेको छ ।

तर, आर्थिक अभावमा उपचारमा समस्या छ।विभिन्न दलका नेताले उनीहरुलाई भेटिरहेका छन् । उपचारमा सहयोग गर्ने आश्वासन पनि दिइरहेका छन्। नेताका साथै जिल्लाका बुद्धिजीवीले रेखदेखमा सहयोग गरिरहेका छन् । डडेलधुराको अमरगढीस्थित उग्रतारा मन्दिरमा लागेको मेला हेरेर फर्कने क्रममा बिहीबार साँझ डा. केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवाखोलामा से१क २९३ नम्बरको बस दुर्घटनामा परेको थियो। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com