निर्मलालाई न्याय माग्दै काठमाडौंमा नेविसंघको प्रदर्शन


प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलबार

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मंगलबार बिहान सडकमा नेविसंघका नेता तथा कार्यकर्ताले निर्मलालाई न्याय माग्दै पोस्टर प्रदर्शन गरेका हुन् । उनीहरूले निर्मलालाई न्याय माग गरेर आसपासका क्षेत्रमा पोस्टर समेत टाँसेका थिए ।

निर्मला पन्तका हत्याराहरूलाई सरकारले नै संरक्षण गरेको नेविसंघका कार्यकर्ताको आरोप छ । उनीहरूले तत्काल दोषीलाई पक्राउ गरेर सार्वजनिक गर्न माग गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com