दलित घरकी बुहारी हुन्छु भन्ने मिनाले सोचेकी पनि थिइनन् तर मायाले जात भनेन


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

शिवालय गाउँपालिका–८ मानटुराकी मिना बादी (बुढा)ले जीवनमा गैरदलित घरकी बुहारी हुन्छु भन्ने सोचेकी पनि थिइनन्। दलित गैरदलितबीचको नाता सम्बन्ध स्वीकार्न नसक्ने समाजमा कोही गैरदलित केटासँग बिहे गरे पनि सासु-ससुराले स्वीकार गरेर घरमा सम्मानपूर्वक बुहारी बनाउलान् भन्ने त झन उनले कल्पनासम्म गरेकी थिइनन्।

७ कक्षामा पढ्ने बेला नै आफू भन्दा तीन कक्षा बढी पढ्ने आफ्नै गाउँका मनबीर बुढासँग माया जालमा परेकी मिनालाई माया गरे पनि गैरदलितको घरमा बुहारी भएर सहज रूपमा बस्न सकुला की नसकुला भनेर सधै चिन्ताले सताउने गरेको थियो। तर, समयले उनले नसोचेको र कल्पना पनि नगरेको अवस्थामा पु-याइदिएको छ।

मिना र मनबीरको मायाले जातिय बिभेद्को पर्खाल मात्र भत्काएन घरपरिवारमा मिलेर बस्ने वातावरण समेत निर्माण गर्न सक्यो। १५ वर्षको उमेरमा ८ वर्ष अघि मनबीरसँग प्रेम बिवाह गरेकी २३ वर्षीया मिना अहिले हाँसीखुसीकासाथ गैरदलितको घरमा सम्मानित बुहारी भएर जीवन बिताइरहेकी छिन्। आफू भन्दा तीन वर्ष जेठो गैरदलित युवासँग प्रेम बिवाह गरेकी मिनाको अर्काे खुसी र सुखको कुरा उनको बिवाह दर्तामा उनका ससुरा कुमारो बुढाले नै सघाएका थिए।

सुरुमा प्रेमबिवाह गरेर भागेका मिना र मनबीरको जोडीले समाज र घर परिवारको डरले एक वर्ष भारतमा गएर बितायो। तर, पछि घरपरिवारले स्वीकार गर्ने कुरा सुनेपछि आफ्नै गाउँ फर्किएका मिना र मनबीरलाई घरमा मज्जाले भित्रयाउने मात्र होइन उनीहरुको बैवाहिक सम्बन्धलाई कानुनी मान्यता दिलाउने काममा समेत मनबीरका बुवा कमारो बुढाले खुलेर सहयोग गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरुमा आफुले अन्तरजातिय बिहे गरेको र सो बिवाह र आफूहरुको प्रेमलाई घरपरिवार र समाजले छुटाइदिने हुन कि भनेर एक वर्ष भारतमा गएर लुकेको मिनाले बताइन्। अन्तजातिय बिवाह गरेपछि सरकारले प्रोत्साहन वाफत दिने एक लाख रुपैयाँ बुझ्न मात्र होइन छोराबुहारीको बिवाह दर्ता गराउने र उनीहरुलाई घरमा ल्याएर बस्ने सबै व्यवस्था मिलाउने काममा सहयोग गरे मनबीरका बुवा कमारोले।

‘छोराले मन पराएर बिहे गरिसक्यो मैले हुदैन भनेर के गर्ने? कमारोले भने।’ ‘जीवन बिताउने उनीहरुले हो’, उनले भने, ‘उनीहरुबीच माया छ, त्यस्तो कुरामा हामीले नराम्रो गर्नु हुदैन।’ उनले समाज र घरका अन्य सदस्यले कुरा काटेपनि आफुले सहयोग गरेको बताए। दलित गैरदलित जे भएपनि जीवनमा माया र समझदारी ठुलो कुरा भएको उनको भनाई छ।

बुढेसकालमा बुहारी मिनाले सेवा गरिरहेको ७१ वर्षीय कमारोले बताए। सासु-ससुरासँगै घरगृहस्थी गरेर बसेका मिना र मनबीरका दुई छोरी र एक छोरा छन्। मिनाले घरमा खेतीकिसानी गर्दै सासुससुराको स्याहार गरिरहेकी छिन् भने मनबीर बैदेशिक रोजगारीकाे शिलसिलामा भारतमा छन्।

मिना र मनबीरको जोडीलाई समाज र घर परिवारले सहर्ष स्वीकार गरेर उदाहरणीय काम गरेको शिवालय गाउँपालिका–३ का स्थानीय नागरिक अगुवा छत्र हमालले बताए। मिना र मनबीरको बैवाहिक जोडी जातिय बिभेद् चर्काे भएको हाम्रो समाजको असल नमुना भएको उनको भनाई छ। जातिय बिभेद् गर्ने जो कोहिले पनि मिना र मनबीरबाट पाठ सिकनुपर्ने उनले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com