Follow @khasokhasmag

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड बन्ने सम्भावना बढ्यो,यसरी दिनुहोस् भोट


प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार

मिस नेपाल श्रृंखला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड प्रतियोगिताका लागि चीनमा छिन् । मङ्सिर २२ गते शनिबार हुने उक्त प्रतियोगितामा उपाधि जित्नको लागि विश्वभरीबाट आएका १२१ सुन्दरीहरुसंग मिस नेपाल २०१८ को उपाधि जितेर चर्चामा आएकी खतिवडाले प्रतिस्पर्धा गर्दैछिन् । उनी अरु प्रतिस्पर्धीलाई पछाडि धकेल्दै सबैभन्दा बलियो सम्भावना भएको उत्कृष्ट १० को सूचीमा छनौट भइसकेकी छन् । यसले गर्दा पनि उनले मिस वर्ल्डको उपाधि जित्ने सम्भावना बढ्दै गएको हो ।

२३ वर्षकी श्रृंखला मकवानपुर जिल्लाको हेटौडामा जन्मेकी हुन् । राजनीतिक पृष्टभूमि भएको परिवारमा जन्मेकी उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी छिन् । उनको बुवा विरोध खतिवडा नेकपाका नेता हुन् जो मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको सदस्य पनि हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल भने नेकपा मकवानपुर जिल्ला कमिटिको अध्यक्ष हुन् र प्रदेशसभाकी सदस्य पनि हुन् । ५ फिट ७ इन्च उचाई भएकी उनी मिस नेपाल २०१८ मा २५ प्रतियोगीमध्ये प्रमुख निर्णायकले सोधेको–समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै मिस नेपालको ताज जितेकी थिइन् ।

चीनमा उनले अरु देशबाट आएका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न लगाउने, नेपाली गीत गाउन सिकाउने जस्ता रमाइला कार्य गरेर सामाजिक संजालमा भिडियो सेयर गरिरहेकी छिन् । आफ्नो देश नेपाललाई चिनाउने खालका विभिन्न प्रस्तुतिहरु समेत दिइरहेकी उनले अन्तर्राष्ट्रिय रुपमा समर्थन पाइरहेकी छिन् । यसरी सबैको आँखामा परेकी शृंखलाले मिस वर्ल्ड जितेर नेपाललाई विश्वसामू चिनाउने विश्वास गरिएको छ ।

यसरी दिनुहोस् भोट

उनलाई भोट गरेर जिताउन जिताउन सकिन्छ । भोट गर्नका लागि पहिले मोबस्टार नामको एप एन्ड्रोइडको लागि गुगल स्टोर र आइओएसको लागि एप स्टोरमा सर्च गरेर डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसपछि एपमा गएर कुनै पनि सामाजिक संजालबाट लग इन गर्नुपर्छ र अंग्रेजीमा शृंखला खतिवडा भनेर सर्च गर्नुपर्छ । अनि फलो बटनमा थिचेर उनलाई फलो गर्नुपर्छ । त्यसपछि देब्रेबाट दाहिनेतिर स्वाईप गर्नुपर्छ जुन गरेपछि भोट मानिन्छ । त्यहाँ सभ्यखालको कमेन्ट पनि गर्नुहोला किनभने कमेन्ट पनि गणना हुन्छ । धेरैभन्दा धेरैले उनलाई भोट गर्नुभयो भने पक्कै पनि उनले मिस वर्ल्डको ताज लगाएर नेपाल फर्किनेछन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com