राजधानीको रिङरोड अन्तरगत कलंकी खसी बजारमा पल्टियो ट्रक


प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार

राजधानीको रिङरोड अन्तरगत कलंकीको खसी बजारमा सामानसहितको एउटा ट्रक शनिबार बिहान पल्टिएको छ ।

 

सामानसहित काठमाडौँतर्फ आइरहेको ट्रक सडक कलंकीको खसी बजार छेउमा पल्टिएको हो । नारायणघाटबाट कलंकी चोक हुँदै रिङ रोड छिरेको ना६ख ४०९६ नम्बरको  ट्रक ब्रेक फेल भएर निर्माणाधीन नाला भत्काउँदै पल्टिएको हो ।

दुर्घटनाका क्रममा ट्रक सोम घले भने हामफालेर जोगिएका छन् । उनका अनुसार ब्रेक फेल भएपछि आफूले नियन्त्रण गुमाउन पुग्दा ट्रक सडकको छेउमा पल्टिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com