कुवेतमा एक नेपालीको सुतेकै ठाँउमा मृत्यु


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

नोभेम्बर १६- कुवेतमा एक नेपालीको सुतेकै ठाँउमा निधन भएको छ ।

झापा जिल्ला माइधारा घर भएका बिष्णु घिमिरे आज बिहान कुवेतको जिलिप भन्ने स्थानमा ओछ्यानमै मृत अवस्थामा भेटिएका हुन ।

एस.डि.एफ.सि कम्पनीमा ७ बर्ष पहिले कुवेत आएका उनी एजिलीटि कम्पनीमा सवारी चालकको रुपमा कार्यरत थिए ।

मृतक घिमिरे हिजो बेलुका साथीको कोठामा सुतेका थिए ।

मृतक बिष्णु घिमिरे झापाली समाज कुवेतका कार्यकारी सदस्य हुन भने अन्य सामाजिक संस्थामा समेत आवद्ध थिए ।

घिमिरेको निधन पश्चात् कुवेत प्रहरीले शव लगिसकेको बुझिएको छ ।

मृतक घिमिरेको नेपालमा आमा, श्रीमति, एक छोरा र एक बहिनि रहेको बुझिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com