विमानभित्र एयर होस्टेसले यात्रीको बच्चालाई आफ्नो दुध खुवाइन्, जताततै तारिफ एयरलाईन्सले दियो प्रमोशन


प्रकाशित मिति : कार्तिक २६, २०७५ सोमबार

विमानमा यात्राको क्रममा रोइरहेका नवजात शिशुलाई आफ्नो दुध खुवाउने एयर होस्टेसको सोसल मिडियामा निकै तारिफ भइरहेको छ ।

यात्राको बीचमा नै बच्चाको आमासँग भएको पाउडर दुध सिद्धिएको र बच्चा भोकले रोइरहेको देखेर २४ वर्षीया पत्रिशा ओर्गानो मद्दतका लागि अघि बढिन् । उनले भोकाएको बच्चालाई आफ्नो दुध पिलाइन् । पत्रिशाले यो घटना फेसबुकमा पनि सेयर गरिन् । उनलाई मानिसहरुले ‘हिरो’ बताएका छन् ।

पत्रिशाको पोष्टलाई अहिलेसम्म ३५ हजारभन्दा बढि पटक सेयर गरिसकिएको छ । उक्त पोष्टमा उनले बताएकी छिन्, ‘उडान भर्नु अघिसम्म सबैकुरा ठिक थियो । तर यात्राको बीचमा नै बच्चा बेस्सरी रुन सुरु गर्यो, त्यसपछि मैले आमालाई दुध पिलाउन आग्रह गरे । तर बच्चाकी आमाले आफूसँग भएको पाउडर दुध सिद्धिएको बताइन् ।’

मनिलाकी पत्रिशा आफै पनि जेद नामकी नौ महिने छोरीकी आमा हुन् । उनले भनिन्, ‘एयरलाइन्ससँग पनि बच्चालाई दुध दिलाउने कुनै व्यवस्था थिएन । वरिपरि बसेका यात्री बच्चा रोएपछि तनावमा देखिए । त्यो देखेर म निकै दुःखी भएँ । त्यसपछि मैले विमानका अधिकारी शेरिलको मद्दतले बच्चालाई फिडिङ एरियामा लगेर दुध खुवाएँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एयरलाइन्सले दियो प्रोमोशनः

नवजातलाई दुध खुवाएपछि उनकी आमाले आफूलाई धन्यवाद दिएको पत्रिशाले बताइन् । बच्चाकी आमा अघिल्लो रात ९ बजेदेखि एयरपोर्टमा थिइन् ।

‘बच्चाले मेरो दुध चुसिरहेका बेला मैले उनकी आमाको आँखामा एक प्रकारको सुकुन देखेँ र अन्ततः उनकी छोरी निदाइन् ।’

बच्चाको आमालाई सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको पत्रिशाले बताइन् । उनी भन्छिन्, ‘रोइरहेको बच्चालाई एउटी आमाले सहयोग गर्न नसक्दा कस्तो महसुस हुन्छ त्यो मैले राम्रोसँग बुझेकी छु ।’

‘भोकाएको बच्चालाई दुध चुसाउन नसक्दाको त्यो भयानक अनुभव गर्न सक्छु त्यसकारण मैले बालिकालाई दुध पिलाउन अघि बढें ।’

जब यो घटना भयो तब पत्रिशा इभ्यालुएटर पदका लागि परीक्षा दिइरहेकी थिइन् । एयरलाइन्सले उनलाई उडानपछि उक्त पदका लागि छनोट गर्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com