घट्यो आज सुन– चाँदीको भाउ


प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार

सुन – चाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको छ भने ,चाँदीको भाउ १५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सुन आज तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको मंगलबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तिहारको लागि बन्द भएको कारोबार आइतबार खुलेको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com