अब दलाललाई लाखौं बुझाएर गैरकानुनी रुपमा अमेरिका छिर्ने नेपालीले एसाइलम गर्न नपाउने


प्रकाशित मिति : कार्तिक २४, २०७५ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ कार्यकारी आदेशसँगै अब दलाललाई लाखौं बुझाएर गैरकानुनी रुपमा अमेरिका छिर्ने नेपालीले एसाइलम गर्न नपाउने भएका छन् । पछिल्लो बर्षमा दलाललाई ५० लाख सम्म बुझाएर गैरकानुनी रुपमा अमेरिका छिरेर एसाइलम गर्ने नेपालीहरुको संख्या सयौं रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमाक्षेत्रबाट गैरकानुनीरुपमा अमेरिका छिर्ने आप्रवासीहरुलाई एसाइलम गर्ने अधिकारबाट वञ्चित गर्ने घोषणापत्रमा हस्ताक्षर गरेपछि त्यसको प्रभाव नेपालीहरुमा पनि पर्ने भएको हो । गैरकानुनी रुपमा सिमाक्षेत्रबाट प्रवेश गरेर अमेरिकामा एसाइलम पाउने नेपालीहरु विश्वमै सातौं नम्बरमा रहेका छन् ।

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरु अब एसाइलमका लागि अयोग्य हुने

ट्रम्पले नयाँ घोषणापत्रमा हस्ताक्षर गरेपछि अब अमेरिकाको पोर्ट अफ इन्ट्रीबाहेक अरु क्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेले एसाइलमका लागि आवेदन दिन पाउनेछैनन् । तर पोर्ट अफ इन्ट्रीमा आत्मसमर्पण गर्न जाँदा ठाउँ खाली नरहेको भन्दै फर्काइदिने भएकाले पोर्ट अफ इन्ट्रीमा आत्मसमर्पण गरेर क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गर्नेहरुको संख्या निकै कम छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको घोषणा शनिबार विहानदेखि लागु भएको छ । नयाँ घोषणासँगै अमेरिकी सिमाक्षेत्रबाट कम्तीमा अबको ९० दिनभित्र गैरकानुनी रुपमा प्रवेश गर्नेहरु एसाइलमका लागि आवेदन दिन योग्य हुनेछैनन् । तर यो नियम पोर्ट अफ इन्ट्रीमा आएर आफूलाई स्वदेश फर्कन खतरा रहेको तथ्य पेश गर्नेहरुका हकमा भने लागु हुनेछैन ।

ट्रम्पबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेले एसाइलम आवेदन दिन नपाउने कार्यकारी आदेश जारी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com