बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी


प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार

कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरी कथित बोक्सीको आरोपमा फेरि कुटिएकी छन् । राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ ।

राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिए ।

कुटपिट गर्ने चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको डीएसपी वलीले बताए । कुटपिट गर्ने कालीचरणलाई मुकुली अपराध संहिंता २०७४ अन्तर्गत सजाय हुने डीएसपी वलीले जानकारी दिए ।

गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घाट कुटपिट गरेका थिए । रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com