विवाह गरेको एक घण्टामै बेहुलाबेहुलीको मृत्यु


प्रकाशित मिति : कार्तिक २०, २०७५ मंगलबार

अमेरिकाको टेक्सासमा बिहे गरेर फर्किँदै गरेका एक जोडीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ।

विवाह सकेर विवाहस्थलबाट हेलिकप्टरमा उडेका नवविवाहित जोडीको स्थानीय समय अनुसार शनिबार अबेर राति भएको दुर्घटनामा निधन भएको स्थानीय अधिकारीले बताएका छन् ।

साम ह्युस्टन स्टेट युनिभर्सिटीमा अध्ययनरत विल बायलर र बेली एकर्म्यान बायलरको हेलिकप्टर दुर्घटनामा निधन भएको हो । उनीहरुको निधन सम्बन्धी खबर पहिलोपटक युनिभर्सिटीको स्टुडेण्ड न्युजपेपरले दिएको थियो ।

सामाजिक सञ्जालमा उनीहरुको विवाहमा सहभागी भएका साथीहरुले विवाहको तस्बिरसहित श्रद्धाञ्जली अर्पण गरेका छन् । हेलिकप्टरका पाइलटको पनि निधन भएको छ । विल र बेली विवाह सकेर हेलिकप्टर मार्फत घर फर्किँदै थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विवाहको एक घण्टा भित्रै उनीहरु चढेको हेलिकप्टर बायलर परिवारको खेलमा दुर्घटनाग्रस्त भयो । यो घटना टेक्सासको दक्षिणी क्षेत्रमा भएको हो । विलले विश्वविद्यालयमा एग्रिकल्चरल इन्जिनियरिङ्ग पढ्दै थिए ।

यस्तै बेलीले एग्रिकल्चरल कम्युनिकेशन अध्ययनरत थिइन् । उनीहरु विश्वविद्यालयको अन्तिम वर्षको अध्ययनमा थिए । दुर्घटनाको खबर आइतबार बिहान मात्रै थाहा भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com