समाचार डोल्पाको ठूली भेरीमा जिप खस्दा १० को मृत्यु, २ घाइते


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

डोल्पाको काल गौडामा बोलेरो जिप दुर्घटनामा १० जनाको ज्यान गएको छ। १२ यात्रुसहित सडकबाट करिब ५० मिटर तल ठूली भेरी नदीमा खस्दा घटनास्थलमै १० जनाको मृत्यु भएको डोल्पाका प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। सदरमुकाम दुनै बाट सुपानीतर्फ जाँदै गरेकाे जीप दुर्घटनामा परेकाे हाे।

घटनास्थाल पुगेका थापाका अनुसार घाइते रहेका १ चालक र अर्का १ व्यक्तिलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा पुर्याइएको छ। उद्दारका लागि प्रजिअ थापासहित प्रहरी नायब उपरिक्षक अवदेश विष्ट क्षेत्रीसहित प्रहरीको एक टोली खटिएको छ। उद्दार कार्य जारी रहेको र मृतकको सनाखत भइनसकेको जनाइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com