अष्ट्रेलियाको मेलबर्नमा नेपाल फेस्टिभल २०१८ को तयारी


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

एनआरएनए अष्ट्रेलियाको आयोजना तथा नेपाली दूतावास क्यानबेरा, नेपाल पर्यटन बोर्ड, न्यू साउथ वेल्स र भिक्टोरिया राज्यका महावाणिज्यदूतावास र अस्ट्रेलियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरूको सहकार्यमा सन् २००६ देखि हरेक दुई, दुई वर्षमा आयोजना गरिँदै आएको अष्ट्रेलियाको सबैभन्दा ठूलो नेपाली महोत्सव ‘नेपाल फेस्टिभल’ यस वर्ष पनि अष्ट्रेलियाका विभिन्न शहरहरूमा आयोजना गरिँदैछ । फेस्टिभल ब्रिसबेनमा नोभेम्बर १७ तारिख, सिड्नीमा नोभेम्बर २४ तारिख र मेलवर्नमा डिसेम्बर १५ तारिखमा आयोजना हुने एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।

‘देश एक, कथा अनेक’ नाराका साथ आयोजना गर्न लागिएको यस वर्षको नेपाल फेस्टिभलले नेपाली कला, संस्कृति र परम्परालाई अस्ट्रेलियामा रहेका नेपाली तथा विदेशीलाई चिनाउनेछ।

मेलबर्नमा भव्य तयारी

डिसेम्बर १५ तारिख शनिबारका दिन मेलबर्नको मुटु फेडेरेसन स्क्वायरमा हुने ‘नेपाल फेस्टिभल मेलबर्न’ ले मेलवर्ननिवासी दक्षिण एसियाली समुदायलाई एकै ठाउँमा ल्याएर अष्ट्रेलियामा रहेको बहुसांस्कृतिक अस्तित्व सुधार्न सहयोग गर्ने आयोजक एनआरएन अष्ट्रेलिया भिक्टोरियाको विश्वासको छ । संसारका विभिन्न देशहरूबाट आएका आप्रवासी हुन् वा अष्ट्रेलियाका आदिवासी हुन् अथवा यही जन्मेका अष्ट्रेलियन नै किन नहुन्, सबैले यो सहअस्तित्वको भावनालाई अभिप्रेरित गरेर नयाँ युगमा हाम्रा भावी पुस्तलाई यसको महत्वका बारेमा बताउन र सिकाउन यस फेस्टिभलले मद्दत गर्ने कुरा नेपाल फेस्टिभल मेलबर्न आयोजक समितिले आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००८ मा पहिलोपल्ट आयोजना गरिएको नेपाल फेस्टिभल मेलबर्नको यो वर्ष आफ्नौ १० औँ वार्षिकोत्सव मनाउनेछ ।

इतिहासकै विशाल परेडको योजना

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा नेपाल फेस्टिभल मेलबर्नका संयोजक केशव कँडेलले यो वर्ष नेपाल फेस्टिभल मेलबर्नको सांस्कृतिक परेडलाई नेपाल फेस्टिभलकै इतिहासको सबैभन्दा विशाल परेड बनाउने लक्ष्य लिएको बताए । उनले भने – ‘नेपाल फेस्टिभल मेलबर्न एनआरएनए अस्ट्रेलियाले आयोजना गर्ने भए पनि यसका लागि भिक्टोरिया राज्यका सम्पूर्ण सामुदायिक संघ–संस्थाहरूसँग सहकार्य तथा सहभागी गराएर अघि बढेका छौँ । फेस्टिभलमा उपस्थित हुने दर्शकहरूका लागि तीन, चारवटा ‘सरप्राइज प्याकेज’ लिएर आउने योजना बनाएका छौँ । गत फेस्टिभलमा ३७ हजार दर्शकको उपस्थिति भएको थियो भने यसपटक हामीले त्यो संख्या ४५ हजार पुर्‍याउने लक्ष्य लिएका छौँ। त्यसका लागि विभिन्न माध्यमबाट प्रचारप्रसार गरिएको छ । सामाजिक सञ्जाल, पत्रपत्रिका तथा स्थानीय रेडियोहरूमा समेत विज्ञापनहरू दिइनेछ । अष्ट्रेलियन नागरिकहरूलाई फेस्टिभलमा आकर्षित गर्नका लागि सामाजिक सञ्जालमार्फत् रजिष्ट्रेसन गर्न अभिप्रेरित गरेका छौँ । रजिष्टर्ड हुनेमध्ये एकलाई लक्की ड्रमार्फत् नेपाल आउनेजाने टिकटको व्यवस्था गरिनेछ ।’

संयोजक कँडेका अनुसार ‘यो फेस्टिभल अष्ट्रेलियाका नेपाली समुदायले आफ्नो सांस्कृतिक तथा मौलिक परम्परालाई अगाडि बढाएर अन्य समुदायसँग सहअस्तित्व र भाइचारा बढाउनका लागि विभिन्न समुदायको वेग्लावेग्लै सहभागिता र प्रस्तुती रहनेछ । यो अष्ट्रेलियावासी सबै नेपालीहरूले भरपुर मनोरञ्जन लिने अवसर पनि हो । त्यसैले अष्ट्रेलियावासी सम्पूर्ण नेपालीहरूलाई फेस्टिभलमा सहभागी भएर सफल पार्नका लागि हार्दिक अनुरोध गरिएको छ ।

१ लाख २७ हजार अष्ट्रेलियन डलरको अनुमानित बजेट

नेपाल फेस्टिभल मेलबर्नका लागि करिब १ लाख २७ हजार अष्ट्रेलियन डलरको अनुमानित बजेट छुट्याइएको छ ।

फेस्टिभललाई सफल पार्नका लागि स्वयम्सेवकहरूबाट करिब ५ हजार १ सय घण्टा बराबरको सहयोग लिइनेछ । मेलबर्न फेस्टिभलमा राखिने ‘नेपाल हाउस’ले नेपालको हिमाल, पहाड र तराईलाई झल्काउने विभिन्न सांस्कृतिक कलाकृतिहरूको प्रदर्शनी गरिनेछ भने ‘नेपाली कल्चरल भिलेज’ बनाउने प्रयत्न भइरहेको छ । त्यसैगरी स्थानीय तथा नेपालका प्रख्यात कलाकारहरू मिलन लामा, अभया एण्ड स्टिम एन्जिनसँग सम्झौता भइसकेको छ जस्ले लाइभ कन्सर्टद्वारा उपस्थित दर्शहरूलाई मनोरञ्जन दिनेछन् । नेपाली खानाका ९ वटा स्टलहरू राखिनेछन् जस्ले नेपालका विभिन्न भेगका परिकारहरूलाई समेट्नेछन् । त्यसैगरी फेस्टिभलमा थुप्रै व्यवसायिक स्टलहरू पनि राखिने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com