ट्रमाका डाक्टर र पत्रकार मार्ने योजना असफल भएपछि व्यवसायी गौचनको हत्या


प्रकाशित मिति : कार्तिक १६, २०७५ शुक्रबार

प्रहरीले गत वर्ष भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका विषयमा नयाँ नयाँ तथ्यहरु फेला पार्दै गएको छ। प्रहरीले केही दिन अघि हत्यामा संलग्न रहेको आरोपमा थप तीन जनालाई पक्राउ गरेपछि नयाँ तथ्यहरु बाहिर आउन थालेको हो। हत्यामा संलग्न रहेका आरोपमा पक्राउ परेका अम्बर बहादुर राना, रोशन बुढाथोकी र लोप्साङ भनेर चिनिने सोम लामाको बयानपछि नयाँ तथ्या फेला पारेको हो। अम्बर सेनाका भगौडा हुन्।

बयान अनुसार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतले सबैभन्दा पहिला राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक डाक्टर (सुरक्षालाई ध्यानमा राख्दै डाक्टरको नाम गोप्य राखिएको) को हत्या गर्ने योजना बनाएका थिए। प्रहरीले दिएको जानकारी अनुसार बस्नेत राजधानीमा सुस्ताएको डनतन्त्रलाई पुनः ब्युताउन चाहन्थे र त्यसका लागि उनी प्रतिष्ठित व्यक्तिको हत्या गरी उक्त समूहका अन्य व्यक्तिहरुसँग धम्काउँदै रकम असुल्ने योजनामा थिए।

हत्याका लागि ट्रमाका डाक्टर नै किन ?
प्रहरीलाई प्राप्त भएको जानकारी अनुसार समिर बस्नेत समुहका गुन्डा जसवन्त राईलाई प्रहरीले खुट्टामा गोली प्रहार गरी २०७३ असार १० गते पक्राउ गरेको थियो। सो क्रममा राईको खुट्टामा गहिरो चोट लागेको थियो। प्रहरीले राईको उपचारका लागि ट्रमा सेन्टरमा लगेको थियो। उपचारका क्रममा ट्रमा सेन्टरका एक डाक्टरले उपचार हुँदैन खुट्टा काट्नुपर्छ भनेका थिए। समीरले खुट्टा नकाटी उपचार गराउन दबाब दिए। त्यसपछि ट्रमा सेन्टरमा उपचार सम्भव नभएको भन्दै राईलाई एक निजी अस्पताल लगियो।

समीरको समूहलाई जसरी पनि आतंक सिर्जना गरेर पैसा असल्नु थियो। त्यो घटनापछि नै समिरले डाक्टर मार्ने योजना बनाएका हुन्। यसका लागि समिरले खुट्टा काट्नुपर्छ भन्ने डाक्टरलाई मार्ने योजना बनाएको प्रहरी अनुसन्धानका क्रममा भेटिएको हो। डाक्टरलाई मार्ने योजना बनाएर समीरले त्यसबेला सेनाका भगौडा अम्बरलाई ट्रमा पठाए। समिरले अम्बरलाई हत्या गर्ने भनिएको व्यक्ती गुन्डा हुन् भनेर परिचय दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि अम्बर हत्या गर्ने योजना सहित हिँडेका थिए। तर, उनले हत्या गर्न लागिएको व्यक्ती गुन्डा नभई डाक्टर रहेको चाल पाए। गोली हान्न लागेका व्यक्ति डाक्टर नै भएको थाहा पाएपछि अम्बर गोली नहानी फर्किएको अनुसन्धान क्रममा खुलेको छ। त्यसपछि समिरमानले मिलन चक्रेको हत्या गर्ने दोस्रो योजना बनाए। तर, यो योजना पनि सफल भएन। लगत्तै उनले तेस्रो योजनामा परे चाबहिलका अर्का गुन्डा नाइके। तर, ती गुन्डा विदेशमा रहेपछि यो योजना पनि तुहिएको थियो।

समीर समूहको चौथो टार्गेटमा परे गुन्डा नाइके दावा लामा। दिव्य पार्टी प्यालेस एन्ड हस्पिटालिटी गौरीघाटमा जिम गर्न जाँदै गर्दा २०७३ चैत २९ गते गेटमै दावामाथि गोली हानियो। काठमाडौंका तत्कालीन एसएसपी छविलाल जोशीलाई फोन गरेर लोप्साङ लामाले घटनाको जिम्मा लिए। उनी गौचन हत्या कान्डमै पक्राउ परिसकेका छन्। चार–चार वटा योजना असफल भएपछि पाँचौ योजनाको रुपमा समीरले गौचनलाई टार्गेट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। समीरकै योजनामा गौचनलाई अम्बरले गोली प्रहार गरेका थिए। गौचन एकदम नामुद गुन्डा हो।

यसलाई मार्योम भने बोराका बोरा पैसा आउँछ भन्दै आफूलाई गोली हान्न लगाएको अम्बरले स्विकारेका छन्। गौचन हत्यामा अहिलेसम्म मुख्य योजनाकार समीरमानसिंह बस्नेत, राजीव स्याङ्तान, शिवजी महतो, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, लोप्साङ लामा, अम्बरबहादुर राना, श्यामबहादुर गुम्बे, रोशन बुढाथोकी पक्राउ परिसकेका छन्। सोही हत्यामा जोडिएका मनोज पुन भने २०७४ फागुन ९ गते रुपन्देहीको इन्काउन्टरुमा मारिए। अजय थापा र गंगा लिङ्देन भने अझै फरार छन्। यसैगरी यही समुहले केही थप चिकित्सक डाक्टर र पत्रकारको हत्या गर्ने योजना बनाइरहेको थियो । यी दुबै क्षेत्र निक्कै संवेदनशील भएकाले यसले मुलुकमा नै त्रास उब्जिने र आफुहरुले त्यही मौकामा पैसा कमाउन सक्ने भन्दै उनीहरु यो योजना बनाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com