अमेरिकामा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको मृत्यु भएको छ । ट्री अफ लाइफ नामक यहुदी प्रार्थनाघरमा शनिबार प्रार्थना भइरहँदा ती बन्दुकधारीले गोली चलाएका थिए । बन्दुकधारीलाई नियन्त्रणमा लिइएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ’सबै यहुदीहरू मर्नुपर्छ’ भन्दै बन्दुकधारीले गोली चलाएका थिए । राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ’ठूलो हत्याकाण्ड’मा ’थुप्रै मान्छे’ मारिएको प्रतिक्रिया दिएका छन् । सन्दिग्ध हमलाकारी ४६ वर्षीय रोबर्ट बोवर्स हुन् । यसअघि लस भेगस गोलीकाण्डमा मृत्यु हुनेको संख्या ५० थियो भने टेक्ससमा गोली चल्दा २६ जनाको मृत्यु भएकोथियो ।

अनुसन्धानकर्ताहरूले गोलीकाण्डलाई घृणाका कारण भएको अपराधका रूपमा हेरेका छन् । द एन्टी डिफेमेसन लिग गैरसरकारी यहुदी संस्थाले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाको इतिहासमा यहुदी समुदायमाथिको यो सबैभन्दा हिंसात्मक हमला भएको हाम्रो ठहर छ ।’ पेन्सिलभानिया सबैभन्दा धेरै यहुदी भएको ठाउँमध्ये स्कुरल हिल एक हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com