यी हुन् यो वर्ष अष्ट्रेलियामा सबैभन्दा बढी कमाइ हुने काम


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

अष्ट्रेलियाको कर विभागले यो वर्ष अष्ट्रेलियामा सबैभन्दा बढी कमाइ हुने कामको सुची सार्वजनिक गरेको छ । विभागले त्यस्ता दश उत्कृष्ट कामको सुची सार्वजनिक गरेको हो । सार्वजनिक गरेको सुचीमा उच्च दक्षता अन्तर्गतका कामहरु परेका छन् ।

अष्ट्रेलियामा अहिलेको अवस्थामा सबैभन्दा बढी कमाइ सर्जनहरुले गर्न सक्छन् । सर्जनको आम्दानी अहिले करिब ४ लाख डलर रहेको छ। अष्ट्रेलियामा हाल सर्जनको पदमा ३ हजार ८ सय २२ जना कार्यरत छन् । उक्त सुचीमा साइकोथेरापिस्ट, इन्जिनियर, म्यानेजर आदि परेका छन्।

यस्तो छ सुची :

highest paid jobs

भिक्टोरिया र न्यु साउथ व्ह्लेसमा भने यो सुचीमा माइनिङ्ग इन्जिनियर रहेका छन् । यो सुचीमा भिक्टोरियामा दशौँ स्थानमा ट्राफिक कन्ट्रोलर छन् भने न्यु साउथ व्ह्लेसमा गणितीज्ञ छन् ।

Himalayan Kangaroo

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com