अष्ट्रेलियामा अबको पांच वर्ष सम्म उच्च माग हुने पेशाहरु


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

अष्ट्रेलियामा आगामी ५ वर्ष सम्म उच्च माग हुने काम तथा पदको सूची सार्वजनिक भएको छ। नेशनल सेन्टर फर भोकेशनल एजुकेशन रिसर्चले एक अनुसन्धान मार्फत उक्त सूची सार्वजनिक गरेको हो।

शिक्षक, अकाउनटेन्ट, स्वास्थ्य क्षेत्रका पद लगायतका क्षेत्रमा उच्च माग हुने उक्त सूचीमा बताइएको छ । उक्त अनुसन्धानबाट आएको नतिजा अनुसार आगामी २०२४ सम्ममा प्रत्येक वर्ष ५ लाख भन्दा बढी कामका रिक्त पदहरु हुनेछन्।

अकाउनटेन्ट, अडिटर र कम्पनी सेक्रेटरीमा हरेक वर्ष २.९ प्रतिशतले माग बढ्नेछ भने नर्सिङ्ग क्षेत्रमा त्यो वृद्धिदर २.५ प्रतिशत हुनेछ। त्यस्तै, स्वास्थ्य र सामाजिक कल्याण अन्तर्गतका एज्ड केयर, चाइल्ड केयर, पर्सनल केयर असिस्टेन्टमा पनि माग बढ्नेछ। टेलीकम्युनिकेसन टेक्निसियनहरुको माग हरेक वर्ष २.२ प्रतिशतले वृद्धि हुनेछ।

अष्ट्रेलियामा भइरहेको उद्ध्योग क्षेत्र विस्तारसंगै कन्स्ट्रक्सन, डिसट्रीब्युसन र प्रोडक्सन म्यानेजरहरुको माग अत्यधिक बढ्नेछ। त्यस्तै, बिजनेसका प्रशासनिक तहका पदहरुमा दक्ष व्यक्तिहरुको माग हरेक वर्ष ८ हजार ७ सय हुनेछ। उद्ध्योग संगै कृषि क्षेत्रमा किसान र फार्म म्यानेजरको पनि माग बढ्ने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टेक्निसियन एण्ड ट्रेडमा हरेक वर्ष ५७ हजार ८ सय रिक्त पद हुनेछन् । पर्सनल करियर असिस्टेन्टमा प्रत्येक वर्ष १३ हजार ६ सय र हस्पिटालिटी क्षेत्रमा २० हजार ४ सय रिक्त पदमा अवसर मिल्नेछ।

उक्त सूची अनुसार, सेल्स वर्कर्स पदको लागि हरेक वर्ष ५८ हजार सय रिक्त पद हुनेछन् । चेकआउट अपरेटरमा र अफिस क्यासियरमा भने कामको अवसर अरु कामको तुलनामा कम हुनेछ। मेसिनरी अपरेटर र ड्राइभरको लागि भने २६ हजार भन्दा माथि रिक्त पदहरु खुल्नेछन्।

सफाई कामदारको लागि आगामी ५ वर्षसम्म हरेक वर्ष १२ हजार ४ सय रिक्त पद खुल्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com