हुलाकबाट पठाइएको पार्सलमा बम


प्रकाशित मिति : कार्तिक १०, २०७५ शनिबार

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र डेमोक्र्याटिक नेतृ हिलारी क्लिन्टनसहितका उच्च अमेरिकीका घरमा पाइप बमसहितको पार्सल हुलाक मार्फत पठाएको घटनामा संलग्न भएको आरोपमा एकजना पक्राउ गरेका छन् ।

पछिल्लो केही दिनयता विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आलोचकहरुका घरमा वा उनीहरुका नाममा विस्फोटक पदार्थसहितको पार्सल अज्ञात व्यक्तिले पठाएको पाइएको थियो । यो घटनाको छानबिनको क्रममा ५६ वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको अमेरिकी अधिकारीले बताएका छन् ।

सेजर सायोक नाम गरेका व्यक्तिलाई पक्राउ गरिएको र उनीविरुद्ध पूर्व राष्ट्रपतिसहितलाई धम्की दिएकोसहितका पाँचवटा आरोप लगाइएको छ ।

पछिल्लो दिनमा शंकास्पद बस्तुसहितका १४ वटा पार्सल भेटिएको छ । यसरी पार्सल पाउनेमा पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनदेखि अभिनेता रोबर्ट डी निरोसम्म छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ परेका सेजर सायोक डेमोक्र्याटिक पार्टीका विरोधी रहेको उनको सामाजिक सञ्जालमा पोस्ट सामग्रीबाट थाहा भएको छ । यसको अर्थ उनी ट्रम्पका समर्थक हुन् ।

दुईवटा पार्सल स्थानीय समय अनुसार शुक्रबार बिहान फ्लोरिडा र न्युयोर्क सिटीमा पाइएको अमेरिकी अधिकारीले उल्लेख गरेका छन् । मध्यावधिक चुनाव आउन दुई हप्ताभन्दा कम समय रहेका बेला यस्तो घटना भएको हो ।

राष्ट्रपति ट्रम्पको कडा आलोचना गर्दै आएको ट्रम्पले ‘फेक न्युज’ प्रदायकको रुपमा व्याख्या गर्दै आएको सिएनएन तथा डेमोक्र्याटिक पार्टीका शीर्ष नेताकोमा बमसहितको पार्सल पठाइएको पाइएको हो । कुनै पनि प्याकेज बिस्फोट भने भएनन् । संघीय जाँच व्युरो (एफबिआई) ले पार्सल पठाउनेहरुको खोजी गरिरहेको छ ।

ट्रम्पले आफ्ना आलोचक र सञ्चारमाध्यमका लागि प्रयोग गर्ने गरेको भाषा पाखण्ड पनिको हद रहेको उनका आलोचकहरुले पछिल्लो समय बताउने गरेका छन् ।

ओबामा र क्लिन्टनसहित डेमोक्र्याटिक सिनेटर म्याक्सिन वाटर्स र पूर्व महान्यायाधीवक्ता एरिक होल्डरलाई पनि शंकास्पद विस्फोटक पदार्थसहितको पार्सल पठाइएको थियो ।

पूर्व उपराष्ट्रपति जो बाइडेनलाई पठाइएको शंकास्पद बस्तु पनि ट्रयाक गरिएको अमेरिकी अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

यसैगरी सिएनएनको न्युयोर्कमा रहेको स्टुडियोमा लाइभ एक्सप्लोसिभ डिभाइस भेटिएपछि खाली गरिएको छ । एफबिआईले भर्जिनियामा रहेको ल्याबमा ती प्याकेजको परीक्षण गर्दैछ ।

विपक्षी राजनीतिक शक्ति आक्रमणको खतरामा आएको भन्दै डेमोक्र्याटिक नेताहरुले चिन्ता व्यक्त गरेका छन् । घटनापछि राष्ट्रपति ट्रम्पले राजनीतिमा थप संयमित हुन आग्रह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com