यी हुन घुँडा टेकेर टिका लगाई दिने मन्त्री


प्रकाशित मिति : कार्तिक ९, २०७५ शुक्रबार

उच्चपदस्थकोमा दशैंको टिका थाप्न जाँदा घुँडा टेकेर टिका लगाइएको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहँदा यता नेपाल सरकारकै एक जना मन्त्री स्वयंले भने आफै घुँडा टेकेर टिका लगाइ दिएको तस्बिर सार्वजनिक भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उनका निजी सुरक्षा अधिकारी(पिएसओज)लाई परिवारका सदस्यसँगै दशैको टिका तथा जमरा लगाई दिएको तस्बिर सार्वजनिक भएको हो ।

श्रीमतीसँगै रहेका मन्त्री पण्डितले टिका थाप्न आएका नेपाली सेनाका अधिकारीलाई सजिलो गरी पलेटी कसेर बसाएका छन् भने टिका लगाइदिँदा आफैले घुँडा टेकेका छन् ।

यसै विषयमा हामीले मन्त्री पण्डितलाई एउटा प्रश्न सोधेका थियौँ –ठूलाबडाकोमा घुँडा धसेर टिका थापिरहेको तस्बिर सार्वजनिक भइरहँदा तपाइले चाहिँ आफै घुँडा टेकेर किन टिका लगाएको ?

‘टिका लगाई दिने व्यक्तिको सजिलोका लागि मैले घुँडा टेकेको हो,’ –मन्त्री पण्डितले भने–’पारिवारिक बैठक कोठामा परिवारका सदस्यहरूसहित आफूकहाँ आउनेहरूलाई पारिवारीकरुपमै टिका टालो गरेर दसैँ मनाइयो ।’

उनले भेटघाटका लागि रहेको भुईतलाको ठुलो बैठक कोठामासमेत नभई माथिल्लो तलामा रहेको पारिवारिक बैठक कोठामा नै टिका टालो गर्ने व्यवस्था मिलाएका थिए ।

परिवार, सचिवालयका सदस्य, मन्त्री निवासमा रहेका सुरक्षाकर्मी तथा भेट्न आउने आफन्तहरूलाई एउटै समयमा एकै ठाउँमा राखेर टिका लगाए दिएको बताउँदै मन्त्री पण्डितले ९ बजेर ५१ मिनेटमा छोरी, परिवारलाई टिका लगाएसँगै सचिवालय तथा सुरक्षाकर्मी साथीभाइ लाई टिका लगाई दिएर दशैं मनाएको बताए ।

निजी सुरक्षा अधिकारीलाई टिका लगाइदिँदाको उक्त तस्बिरले पदीय मर्यादा भन्दा माथि उठेर पारिवारिक बनाउन खोजेको दृश्य साच्चिकै सांस्कारिक र सम्मानयोग्य छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com