अष्ट्रेलियामा काम सुरु गर्नुभन्दा अगाडी थाहा पाउनुपर्ने कुराहरु


प्रकाशित मिति : कार्तिक ९, २०७५ शुक्रबार

नयाँ विद्यार्थी वा कामदारहरुले कामको सुरुवात गर्दा त्यहाँको वातावरण संग अनभिज्ञ हुन्छन् । अष्ट्रेलियामा काम गर्न चाहने विद्यार्थीहरुले त्यहाँको कामको वातावरण र शैलीको बारेमा केही बुझ्दा काम गर्न सहज हुन्छ । यहाँ अष्ट्रेलियनहरुको काम गर्ने शैली र उनीहरुको कार्यालयमा हुने वातावरणको बारेमा चर्चा गरिएको छ।

– अष्ट्रेलियाको कार्यालयको मिटिंग समयमा सिधै औपचारिकतामा नगएर शिर्षक संग सम्बन्धित अनौपचारिक कुराहरु गर्नलाई सामान्य मानिन्छ ।

– यहाँ कामको जिम्मेवारीलाई महत्व दिईन्छ। यदि तपाईंले आफूलाई कामको भार धेरै भएको जस्ता कुराहरु गर्न थाल्नुभो भने उनीहरुले  तपाईंलाई कामको लायक नभएको सम्झिन्छन् ।

– व्यक्तिगत कारण देखाएर यहाँ कामबाट पन्छिने सम्भावना हुँदैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

– यहाँ प्रत्येक तहको कामलाई उत्तिकै सम्मानका साथ हेरिन्छ ।

–  बोली मात्र नभएर शारीरिक हाउभाउलाई समेत महत्व दिईन्छ ।

– सप्तान्ह अथवा गुड फ्राइडे मात्र नभएर ईच्छा लागेको कुनै पनि दिन कार्यालयको समयपछि उनीहरुले जमघट गरेर रमाईलो गर्छन् ।

– कार्यालयमा संगै काम गरिरहेकाहरुको सम्बन्ध रहनुलाई उनीहरुले सामान्य रुपमा लिन्छन् । त्यसले कार्यालयमा अनुशासनहीनता वा चर्चाको विषय हुन पाउँदैन ।

– रक्सी पिउनु यहाँको संस्कृति हो । त्यसैले कार्यालयमा काम गर्ने कसैले रक्सी पिउँछ भन्ने जानकारी वा कार्यालय समय पछि संगै काम गर्ने साथीहरुसंग गरिने पार्टीमा रक्सी पिउनुलाई यहाँ सामान्य रुपमा लिईन्छ ।

– अष्ट्रेलियनहरु साथी बनाउने खालका हुन्छन् । उनीहरुसंग काम गर्न सहज हुन्छ ।

– तोकिएको नियमको कुरामा भने यहाँ एकदमै कडाई हुन्छ । त्यसैले कार्यालय होस् या त बार होस् त्यहाँको नियम बुझेर सोही अनुसार पालना गर्नुपर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com