अमेरिकी राजदूत र्यान्डी बेरीद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
प्रकाशित मिति : कार्तिक ८, २०७५ बिहीबार
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्यान्डी बेरीले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। राजदूत बेरीले यसअघि पनि नेपालमा काम गरिसक्नुभएको छ।
उहाँ सन् २००७ देखि २००९ सम्म दुई वर्षका लागि अमेरिकी दूतावास काठमाडौँमा डेप्युटी चिफ अफ मिसनको पदमा कार्यरत हुनुहुन्थ्यो।
सन् १९९३मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गर्नुभइका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनितिज्ञको भूमिका निर्वाह गरिसक्नुभएको छ। बेरीले न्युजिल्याण्डमा कन्सुल जनरलको भूमिका पनि निभाईसक्नुभएको छ ।
उहाँ समलंगी अधिकारकर्मी समेत हुनुहुन्छ । उहाँ आफैं पुरुष समलिंगी समेत हुनुहुन्छ । तत्कालीन राष्ट्रपति ओबामाले उहाँलाई अमेरिकाको समलिंगी अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दूतमा नियुक्त गर्नुभएको थियो ।
It is official! Today I presented my credentials to President of Nepal Bidya Devi Bhandari and begin my role as US Ambassador to Nepal. So happy to return to Nepal and to continue to strengthen the US-Nepal partnership…as well as connect with you all here on Twitter! pic.twitter.com/boS9ay8ki6
— Ambassador Randy Berry (@USAmbNepal) October 25, 2018






