पप स्टार जस्टिन बिबरले गरे विवाह


प्रकाशित मिति : कार्तिक ४, २०७५ आईतबार

क्यानडियन पप स्टार जस्टिन बिबर र मोडल हाइली बाल्डविनले विवाह गरेका छन् । उनीहरुले अदातलमा गएर कानुनी रुपमा विवाह गरेको हुन् । यो खबरले जस्टिनका फ्यानहरु सरप्राइज भएका छन् ।

लामो समयसम्म प्रेम सम्बन्धमा रहेका उनीहरुले केही महिना अगाडि इन्गेजमेन्ट गरेका थिए। उनीहरुको इन्गेजमेन्टको खबरले नै अधिकांशलाई अचम्मित पारेको थियो, त्यो भन्दा ठूलो सरप्राइज उनीहरुले गुपचुप कानुनी रुपमा विवाह गरेर दिएका हुन् ।

उनीहरुले अघिल्लो महिना नै कोर्टम्यारिज गरेको खबर सार्वजनिक भएको छ। स्रोतका अनुसार यो गोप्य समारोह हाइलीको आइडिया थियो।

स्रोतका अनुसार ‘बाल्डविन ठूलो समारोह गरेर भन्दा आधिकारिक रुपमा जस्टिनलाई आफ्नो श्रीमान बनाउन चाहन्थिन।’

पिपुल्स म्यागजिनका अनुसार बाल्डविनले आफ्नो थर पनि बदलेकी छन्, उनले आफ्नो नाम अब ‘हाइली बिबर’ राख्ने भएकी छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com