हिमालय एयरलाइन्सले पायो चीनमा उडान अनुमति


प्रकाशित मिति : कार्तिक ३, २०७५ शनिबार

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा व्यावसायिक उडान सुरु गर्ने भएको छ ।

चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ ।

चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो । चीन लक्षित बजारमध्ये एक भएकाले त्यहा“ उडानको अनुमति पाउँदा हर्षित भएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले प्रतिक्रिया दिनुभयो ।

एयरलाइन्सले बेइजिङ, हाएकाउ, नान्चाङमा पनि उडान विस्तार गर्ने लक्ष्य लिएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com