पोखराबाट जापान आउन ६३ जनाको लाइन, तर इन्स्टिच्युट नै नक्कली !


प्रकाशित मिति : आश्विन ३१, २०७५ बुधबार

जापान लगिदिने भन्दै  अन्तरवार्ता लिईरहेका दुई जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको छ । ठगी गर्न लागेको सूचना पाएपछि कास्की प्रहरीको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

दर्ता नै नभएको ‘एभेन्चर ह्युमन रिसोर्स’ नामक संस्थाबाट जापान पठाउने भन्दै अन्तरवार्ता लिँदै गरेका स्याङजा आँधीखोलाका ५१ बर्षिय भगवान खड्का र कास्की रुपा गाउँपालिकाका निरज खनाल पक्राउ परेका हुन् ।

उनीहरुले ६३ जनालाई जापान पठाउने भनेर अन्तरबार्ता लिएका थिए । पहिले विद्यार्थी भिसाबाट फालिएकाहरु वर्किङ भिसामा जानका लागि सम्पर्कमा आएका थिए । अन्र्तबार्ता गर्नु पुर्व चाहिने पुर्व स्विकृति तथा बैदेशिक रोजगार विभागबाट लिनुपर्ने स्विकृति पत्र पनि नभएको बताइएको छ । जापानका लागि वर्किङ्ग भिसा भनिए पनि डिमाण्ड लेटर विना नै उनीहरुले अन्र्तवार्ताका लागि बोलाएका थिए ।

आकर्षक तलबको प्रलोभनमा परी उनीहरु सो संस्थामा पुगेका थिए । जाापान लैजाने भन्दै भाषा तथा पासपोर्ट बनाइ फाइनल अन्र्तबार्ताका लागि उनीहरुलाई बोलाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकमहिना अघि संस्था दर्ता नभएको भन्दै जिल्ला प्रशासन र श्रम कार्यालय सहितको अनुगमन टोलिले मेनपावर कार्यालयमा तालाबन्दी गरेको थियो । तर केही दिनपछि ताला खोलेर पहिले झैं गरि काम गरिरहेका थिए । बैदेशिक रोजगार बिभागमा पोखराका लागि बैदेशिक रोजगारका २ वटा शाखा र २५ वटा प्रतिनिधी कार्यलय मात्रै दर्ता रहेको छ ।

मुख्य मान्छे बाहिर भएकोले झिकाउन निर्देशन दिएको कास्की प्रहरीले जनाएको छ । अनुसन्धान चलिरहेकोले बैदेशिक रोजगारी, किर्ते वा ठगी मुद्धामा कारबाही अघि बढ्ने बताईएको छ । ‘मुख्य मान्छे पोखरा छैन । उनीहरुको बयान अनुसार मुख्य ब्यक्तिलाई झिकाएका छौं, कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले भने–अनुसन्धान पछि मात्रै कारबाहीको बारेमा बोल्न मिल्छ ।’

सबैजनाले जापानी भाषा सिकिसकेका छन् । उनीहरु ५ दिनदेखि पोखरा बसेको बताउँछन् । ‘५ दिनदेखि कहिले अन्तरवार्ता कहिले के भनेर झुलाईरहे । खाँदा बस्दा २०-२५ हजार खर्च भैसक्यो, उनीहरु भन्छन्–अहिले यता न उता भैयो ।’ पीडितहरुका अनुसार मेनपावरवालाले पैसा चाहीँ उठाएका छैनन् । पोखराबाट संचालित विग एफएमले आफ्नो अनलाइन समाचारमा यो खबर लेखेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com