दशैं नजिकिएसँगै काठमाडौंको असनमा उपभोक्ताको घुँइचो
प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार
दशैं नजिकिएसँगै संघीय राजधानी काठमाडौं व्यस्त देखिएको छ । दशैंका लागि हुने किनमेलको घुँइचो थेगिनसक्नु देखिएको छ । विशेषतः असन, न्यूरोडमा भिडभाडसँग जाम बढेको छ ।
असनको भित्री बजार मात्रै नभई बाहिरी सडकमा पनि सवारीसाधनहरुको चाप बढेको छ । यो काठमाडौंको केन्द्रभागमा रहेको सबैभन्दा पुरानो बजार असन हो । दशैंको बेला हिडिनसक्नु बनेका सडक र ट्राफिक जाम उस्तैछ । चाडपर्वमा धेरै जसो प्रयोग हुने मसलादेखि अनेकन सामान यही बजारमा पाइन्छ । काठमाडौंका नाम चलेका सपिङ मल र कम्पलेक्समा नपाइने सामग्री समेत यहाँ सजिलै उपलब्ध हुने भएकाले पनि विहानदेखि साँझसम्म उस्तै भिड हुने गरेको छ ।
असन बजारमा काठमाडौंका अन्य ठाउँमा भन्दा सस्तो र राम्रो सामान पाइने विश्वास गरिन्छ । असनमा किनमेलका लागि आउने अधिकांश ग्राहकले यहाँ नुनदेखि सुनसम्म सम्पूर्ण सामान सुपथ मूल्यमा पाइने गरेको बताउँछन् । दशैं बजारलाई व्यवस्थित गर्न नसक्दा समस्या देखिएको कतिपय बताउँछन् । फुटपाथमा समेत अव्यस्थित पसल सञ्चालन भएकाले ट्राफिक जामदेखिका समस्या देखिएको सर्वसाधारणको गुनासो रहेको छ । दैनिक ४० हजार रुपैयाँसम्म फुटपाथमा व्यापार हुने गरेको छ ।
१९ औं शताब्दी अघिसम्म यो स्थानमा भारत र तिब्बतका व्यापारि भेला हुने गर्दथे र व्यपार समेत गर्थे । तर, अहिले भने स्थानीय र मुलुक भित्र र भरतीय नागरिक समेतको व्यापारीक थलो बनेको छ । प्राचिन सभ्यता र जिवनशैलिको मिठो स्वाद समेत बोकेको असनको चर्चा अहिले पनि उस्तै छ । तर, व्यवस्थित बनाउन सरकारले ध्यान पु¥याउनुपर्छ ।






