पोर्तुगलमा “रेड अलर्ट” को घोषणा – १५० बर्ष यताकै खतरनाक आँधी आउनसक्ने चेतावनी


प्रकाशित मिति : आश्विन २८, २०७५ आईतबार

पोर्तुगल सरकारले १५० बर्ष यताकै सबैभन्दा खतरनाक आँधी आउनसक्ने चेतावनी दिदै आपतकालीन घोषणा ” रेड अलर्ट ” को घोषणा गरेको छ।

पोर्तुगलको नागरीक सुरक्षा विभागले समुन्द्री क्षेत्र र सम्भावित खतरा क्षेत्रका जनतालाई सकेसम्म घरभित्र नै रहन आव्हान गरेको छ। “लेस्ली” नाम दिईएको सो खतरनाक आँधी शनिवार रातिदेखि आइतवार बिहानसम्म आउनसक्ने सम्भावना रहेको जनाईएको छ।

” लेस्ली ” नामक सो आँधी सन् १८४२ यताकै १५० बर्षको इतिहासमा सबैभन्दा खतरनाक हुनसक्ने अनुमान गरिएको छन्। एटलान्टिक महासागरबाट शुरु हुने सो आँधी १२० – १८० किलोमिटर प्रतिघण्टाको गतिमा आउनसक्ने र पोर्तुगलका १३ जिल्लामा बिशेष प्रभाव पर्नसक्ने जनाईएको छ। लेस्ली आँधी पोर्तुगल हुदै स्पेनसम्म क्षतिगर्नसक्ने अनुमान गर्दै स्पेनमा समेत हाईअलर्ट गरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com