शनिबार पनि ‘छक्का पन्जा ३’को आक्रामक व्यापार, माग्ने र दिपकलाई दर्शकले जुरुक्कै बोके


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

वुधबारदेखि रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले आफ्नो प्रदर्शनको चौथो दिन पनि आक्रामक व्यापार जारी राखेको छ । शनिबार बिदाको दिन चलचित्रले देशैभरका हलमा आक्रामक व्यापार गरिरहेको छ । शनिबार यो चलचित्रले क्यूएफएक्स चेनका ५ वटा हलमा ३२ शोज पाएको छ । अधिकांश शोजमा शतप्रतिशत दर्शक देखिएका छन् । काठमाण्डौ बाहिर पनि चलचित्रको व्यापार आक्रामक छ ।

काठमाण्डौको गोपिकृष्ण हलमा बिहान ५ वटा पर्दा हाउसफूल थियो भने २ बजेको शोमा पनि ५ वटै शो हाउफूल बन्यो । चलचित्रले पहिलो दिन १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको थियो । शनिबार चलचित्रको व्यापार डेढ करोड हुने अनुमान गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com