न्याय नपाउदासम्म राहत बुझ्दैनौ : निर्मलाका परिवार


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका परिवारले न्याय नपाउदासम्म राहत रकम नलिने बताएका छन ।

हत्या गरिएको ढाई महिनासम्म पनि छोरीको बलात्कारपछि हत्या गर्ने अपराधि पत्ता लाग्न नसेकपछि निशास बनेको परिवारले राहत नलिने जनाएको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले छोरीका हत्यारा पत्ता नलागेसम्म सरकारले दिने राहत रकम नबुझने बताउनुभयो ।

निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनाका परिवारले राहत रकम बुझिसकेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्मला र खुन्नाका परिवारललाई केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भिमदत्त नगरपालिकाले ३ लाख रुपैया राहत दिने घोषणा गरेको थियो ।

आन्दोलनका क्रममा मृत्यु भएका खुन्नाका परिवारले राहत बुझेपछि निर्मलाका परिवारलाई पनि राहत रकम बुझ्न भनिएको थियो ।

तर, निर्मलाका आमा दुर्गा पन्तले भने राहत रकम भन्दा न्याय दिलाउन सरकारसग आग्रह गर्नुभयो ।
निर्मलाका बलात्कारपछि हत्या भएको करिव तिन महिना पुग्न लाग्दै पनि अपराधि पत्ता लाग्न सकेको छैन ।

घटनाको अनुसन्धानका लागि विभिन्न समिति र टोली कञ्चनपुर पुगेपनि अपराधि नजिक पुग्न सकेको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com