अष्ट्रेलियामा सयौंको रोजगारी खोसिने खतरा


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

अष्ट्रेलियन चेन कम्पनी कोल्सले आफ्ना गोदामहरुमा स्वचालित रोबोटहरु भित्र्याएपछि सयौं मानिसहरुको रोजगारी धरापमा परेको छ ।

गोदाम र विक्री कक्षहरुमा एकैपटक ठूलो संख्यामा स्वचालित रोबोटबाट काम थालनी गरेको कोल्सले कम्पनीमा कार्यरत सयौं कर्मचारीहरुलाई विदा दिने योजना बनाएको छ । सुपरमार्केट चेन कम्पनी कोल्सले खर्च कटौती गर्न र डेलिभरी सेवालाई उत्कृष्ट बनाउन भन्दै आफ्ना वितरण कक्षहरुमा स्वचालित रोबोटहरु भित्र्याएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक स्टेभन केनले वितरण कार्यमा नवीनता दिलाउन र आधनिकीकरण गर्न कम्पनीले अत्याधुनिक प्रविधिलाई आत्मसात गर्ने योजना बनाएको दाबी गरे । नयाँ प्रविधिमा गरेको लगानीले वितरणमा लाग्ने खर्च कम हुने,सुरक्षित काम गर्ने वातावरण तयार हुने र प्रतिस्पर्धी कम्पनीहरुसँग सहज प्रतिस्पर्धा गर्न सकिने उनले विश्वास व्यक्त गरे ।

कोल्सले न्यू साउथ वेल्स र क्वीन्सल्याण्डका गोदामहरुमा कामदार जनशक्ति उपलब्ध गराउदै आएको वीट्रोन लजिष्टिक तथा इन्फोरमेटिक बिएमबिएच कम्पनीसँगको सम्झौता भंग गरिसकेको द मेलले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com