न्यूयोर्कमा नौ वर्षपछिको सबैभन्दा भयानक सडक दुर्घटनाः २० को मृत्यु


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

बीबीसी

अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाग्रस्त भएको छ । पुलिसका अनुसार उक्त दुर्घटनामा २० को मृत्यु भएको छ ।

लिमोजिन एउटा लामो गाडी हो जसमा एकसाथ थुप्रै मानिसहरु सवार हुन सक्छन् ।

दुर्घटना शनिबार दिउँसो शोहारी शहरमा भयो । दुर्घटनाग्रस्त लिमोजिन मानिसहरुलाई लिएर एउटा पार्टीमा गइरहेको थियो । गाडीमा सवार सबैको मृत्यु भएको छ भने दुई पैदलयात्रुलाई समेत गाडीले किचेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रत्यक्षदर्शीका अनुसार एसयूवी–स्टाइलको एक लिमोजिन डिभाइडरसँग ठोक्कियो र अर्को कारसँग पनि ठोक्कियो । त्यसपछि गाडी एउटा पसलको पार्किङमा उभिएका मानिसतर्फ अघि बढ्यो ।

यद्यपी, अहिलेसम्म दुर्घटनाको सही कारण पत्ता लाग्न सकेको छैन ।

मृतकको नाम सार्वजनिक गरिएको छैन तर न्यूयोर्क टाइम्सको खबर अनुसार दुर्घटनामा चार दिदी बहिनी र कम्तीमा दुई नवविवाहित जोडीको मृत्यु भएको छ ।

यसअघि सार्वजनिक भएको खबर अनुसार उक्त कार मानिसहरुलाई लिएर एक विवाह समारोहमा गइरहेको थियो तर पछि सार्वजनिक भएको खबर अनुसार उनीहरु कसैको जन्मदिन पार्टीमा उपस्थित हुन गइरहेका थिए ।

दुर्घटनामा लिमोजिनका ड्राइभरको पनि मृत्यु भएको छ ।

बिल वाटर्सन पनि त्यही समारोहमा जाँदै थिए । उनले दुर्घटनालाई प्रत्यक्ष देखे । एक पत्रिकासँगको कुराकानीमा उनले भने, ‘मलाई विश्वास नै छैन कि यस्तो दुर्घटना पनि हुनसक्छ । यो अत्यधिक भयानक थियो ।’

घटनास्थलमा भएका एक स्थानीय रिपोर्टरले केही तस्बिर र भिडियो ट्वीट गरेका छन् । तस्बिरमा देखिए अनुसार दुर्घटनास्थल नजिकै एउटा स्टोर र क्याफे थियो ।

दुर्घटनास्थलमा पुलिसका विभिन्न गाडी र एम्बुलेन्स पनि देखियो । यद्यपी, यी गाडीका कारण सडकमा लामो जाम थियो ।

ट्वीटरमा सेयर गरिएको एक अन्य तस्बिरमा एउटा ठूलो गाडी रुखमा ठोक्किएको  देख्न सकिन्छ ।

https://twitter.com/CBS6Albany/status/1048953337138352129/photo/1

 

प्रत्यक्षदर्शीको बयानः

प्रत्यक्षदर्शीका अनुसार जब गाडी स्टोर नजिकै पुग्यो तब धेरै मानिसहरु स्टोरबाट निस्किरहेका थिए । दुर्घटनामा ती मानिसहरुलाई पनि चोट लागेको छ ।

घटनास्थल नजिकै बस्ने ब्रिडेले भने, ‘मैले एउटा ठूलो आवाज सुनें । त्यतिबेला स्टोर र क्याफेको पार्किङमा थुप्रै मानिसहरु उभिएका थिए । त्यसपछि अचानक मानिसहरुको चिच्याहट सुनिन थाल्यो ।’

न्यूयोर्कको पुलिस अनुसार अनुसन्धान अहिल पनि सुरुवाती चरणमा नै छ । अनुसन्धानमा एक आइडेन्टिफिकेशन र ड्रोन टिम समेत विभिन्न अतिरिक्त पुलिस युटिट्स पनि लगाइएको  ।

नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड पनि घटनास्थलमा एउटा समूह पठाउने तयारीमा छ । बोर्डले ट्वीट गरेर यसबारे जानकारी दिए ।

बोर्डका चेयरम्यान रोबर्ट समवाल्टले एक प्रेसवार्तामा भने, ‘यो एउटा ठूलो दुर्घटना हो जसमा हामीले विभिन्न जीवन गुमाएका छौं । सन् २००९ पछिको यो अहिलेसम्मको सबैभन्दा भयानक सडक दुर्घटना हो ।’

प्रशासनका अनुसार घटनास्थलमा अर्को पाँच दिनसम्म अनुसन्धान जारी रहनसक्छ ।

पुलिसका अनुसार मृतकको परिवारका लागि एक फोन लाइन सुरु गरिएको छ ।

यो दुर्घटना एक पहाडी इलाकामा भएको बताइन्छ । स्थानीय प्रशासनका अनुसार हालै यो रुटमा ठूला ट्रकलाई प्रवेश निषेध गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com