एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ ।

एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् ।

‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,’ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामशरण सापकोटाले भने, ‘फाराम विद्यार्थीले नभई विद्यालयले नै भराउनुपर्छ ।’

यसका लागि परीक्षा बोर्डको वेबसाइटमा फाराम राखिएको छ । विद्यालयले कक्षा ९ र १० का विद्यार्थीको फाराम सोही वेबसाइटबाट भराउन सक्ने कार्यालयले जनाएको छ । यसअघि विद्यालयले भरेका फाराम जिल्लास्थित शिक्षा, विकास तथा समन्वय इकाइको कार्यालयमा बुझाउनुपर्ने प्रावधान थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com