अस्पतालको शौचालयमा रगताम्य शिशु फेला
प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार
एक महिलाले अस्पतालको शौचालयमा बच्चा जन्माएर भागेकी छन्। उनले १० मिनेटको समयमा बच्चा जन्माएर गाडीमा चढेर भागेको सिसी क्यामेरा फुटेजमा देखिएको छ।
गत शुक्रबार एक महिला राती १२ बजे म्याजिक भ्यानमा चढेर आएको र अस्पतालको शौचालएतिर सोजिएको १० मिनेटमा नै बाहिर निस्केर म्याजिक भ्यान चढेर फर्किएकी थिईन्। ती गर्भवती महिलाले १० मिनेटमै बच्चा जन्माएर बाहिर हिँडेको अस्पतालले जनाएको छ।
भारतको हरियाणामा रहेको सिविल अस्पतालको शौचालयमा एक महिला चिच्याएपछि उक्त घटना सार्बजनिक भएको हो। शौचालयमा फेला परेका शिशुको अहिले अस्पतालमा उपचार भईरहेको छ भने उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
अस्पतालमा उपचार गराईरहेकी एक महिलाले शौचालयको ढोका खोल्दा उक्त शिशु फेला परेको हो। शौचालयको प्यानमा रगतले लतपत्तिएको शिशु देखेपछि ति महिला चिच्याएकी थिईन्।





